टीकापुर, ४ मंसिर/रिभरसाइड यातायात प्रा.लि.ले ‘नमस्ते टीकापुर A/C बस’ भिआइपी सिल्पर सोफा बस नामक लक्जरियस एसी बस सेवाको औपचारिक शुभारम्भ गरेको छ ।
यातायात प्रणालीले एक कार्यक्रमका बीच आधुनिक र सुबिधा सम्पन्न यात्रालाई लक्षित गर्दै कम्पनीले बुधबारदेखि टीकापुरबाट काठमाण्डौंका लागी नियमित रूपमा एसी बस सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।
नयाँ सेवामा भिआइपी सोफा सेट, आरामदायी सिट व्यवस्था, तथा सिल्पिङ सुविधा रहेको छ, जसले यात्रुहरूलाई लामो दूरीको यात्रा सहज र सुखद बनाउने उद्देश्य राखिएको यातायात प्रा.लि.ले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले रिबन काटेर उक्त बससेवाको औपचारिक उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख डगौराले आधुनिक सुविधा जोडिएको यस सेवाले टीकापुरका यात्रुहरूलाई गुणस्तरीय र सुरक्षित यात्राको अनुभव दिलाउने विश्वास गर्दै कम्पनीलाई बधाई तथा शुभकामना ब्याक्त गर्नुभयो ।
स्थानीय सरोकारवाला, व्यवसायी तथा समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा रिभरसाइड यातायातले यात्रु–मैत्री, सुरक्षित र व्यवस्थित सेवा निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रिभरसाइड यातायात प्र.ली.का अध्यक्ष गणेशराज ओलीको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष कमल महतो, टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै यातायात प्र।लीका उपाध्यक्ष जयरूप बुढाले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन रिभरसाइड यातायात प्रालीका कार्यालय प्रमुख चन्द्र प्र आचार्य ले गर्नुभएको थियो ।