टीकापुरमा जे पनि गर्न पाइन्छ भन्ने सोचले समस्या

सम्पादकीय
टीकापुरमा टीकापुर विकास समितिले जग्गा वितरण गरेर बस्ती बसायो । बस्ती बसाउनकै लागी टीकापुर विकास समिति मार्फत यसको विस्तार गर्ने योजना तत्कालिन सरकारले गरेको हो । बस्ती बसाल्नेका नाममा अध्यक्षहरुले मनपरी जग्गा वितरण गर्ने काम गरे । अध्यक्षले जग्गा दिए पाइन्छ भन्ने बुझे । विकास समिति ऐनले अध्यक्ष लगायत पदाधिकारी लाई धेरै अधिकार दिएको थियो । राजनीतिक दलका नेता र कार्यकर्ताले टीकापुर विकास समितिले पाएको अधिकार र नगर विकास समितिको अधिकार उस्तै होला भनेर बुझे । समितिमा मनपरी जग्गा बाडेको देख्दा टीकापुरमा भएका अन्य संघ संस्थामा पनि पदाधिकारीले मनपरी काम गर्दै आएको सत्य कुराका बारेमा राजनीतिक दल समयमै सचेत भएनन् । समितिका पदाधिकारीले आफ्ना मान्छेलाई रोजगारी र जग्गा दिएको देखेका सामाजिक अगुवाले संघ संस्थामा पनि त्यही रबैया देखाए । यो अराजकता हो भन्नेहरु पनि थिए तर कुरा सुनिएन । टीकापुरमा हामीहरु छौ कसले बिरोध गर्छ भन्ने हुलहुज्जडको राजनीति संस्कार बसाल्ने प्रयास भयो । यो संस्कारलाई हटाउन जरुरी थियो । केही व्यक्ति जग्गा काण्डमा नफसेकोमा खुसी मनाउँ गर्दै रमाएको देखिन्छ । जग्गा काण्डमा अख्तियारले सेफ लेण्डिङ गरेको छ । सुरुवात त ग¥यो भनेर आम नागरिकले खुसी मनाएका छन् भने कतिपय छुटेका छन् भनेर भन्ने गरिएको छ । अख्तियारले जग्गा काण्डमा मुछेका अधिकांस आम नागरिक छन् । उनीहरुलाई पैसा दिए जग्गा पाइन्छ भन्ने मात्र थाहा थियो । भारतमा बर्षौ बसेर कमाएको धन जग्गा जोड्न खोज्दा बिल्लीवाठ भएको अवस्था छ । यो घटनामा पीडा बढी छ । राजनीतिक अगुवाले पनि नगरविकास समितिको अधिकार नपढेर काम गरेको प्रष्ट देखिन्छ । हरेक संघ संस्थामा बसेर मनपरी निर्णयमा हस्ताक्षर गर्न बानी बसाल्नु गलत हो भन्ने सन्देश अख्तियारले दिएको छ । सरकारी जग्गा कृते कागजात तयार गरेर बाड्नु यो भन्दा शर्मनाक कुरा केही हुन सक्दैन । पार्टीको आडमा पदमा जाने अनी कृते काम लाग्नेहको झुण्डले सही काम गर्ने कुरै भएन । आज टीकापुरमा केही सामाजिक अगुवा डामिएका छन् तर अख्तियारले सुधार्ने प्रयास गरेको छ । टीकापुरमा बिभिन्न संघ संस्थामा मनपरी कर्मचारी थप्ने र खरिदमा मनपरी गर्ने गरिएको छ । संस्थामा मनपरी भयो भनेर कसैले आवाज उठायो भने उसलाई बिरोधी भनेर ट्याग लगाउने गरिएको छ । तसर्थ टीकापुरमा संघ संस्थामा काम गर्ने नेतृत्वले आफुलाई सुधार्न जरुरी छ । हैन भने एकदिन जग्गा काण्डकै नियती बेहार्नुपर्छ ।