टीकापुरमा नमुवा गोत्यार समाजको केन्द्रिय अधिवेशन

टीकापुर, १४ असोज/सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले एकले अर्काको अस्तित्व स्वीकार गरेर अगाडी बढ्नु अहिलेको आवश्यक बनेको बताउनु भयो ।
टीकापुरमा नमुवा गोत्यार समाजको केन्द्रिय अधिवेसनको उद्घाटन सत्रमा बोल्दै उहाँले आफ्नो इतिहास जोगाउनु पर्ने, रितिरिवाज, सँस्कार, सँस्कृतिको जर्गेना गर्नु पर्ने भएकाले सबैबिच सह अस्तित्वको भावना भएर काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले संविधानले प्रदक्त गरेको सबैै जाति समुदायको हक अधिकार, सँस्कार सँस्कृतिको जर्गेना गर्ने प्रदेश सरकारको दायित्व भएकोले नितिगत रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । कसैले कसैप्रति अवहेलना गर्ने कार्य राम्रो नहुने भएकाले समुदायमा एकले अर्का लाई बुझन नसक्दा दुर्घटना निम्तने सक्ने भएकाले गोत्रहरुको सम्मेलनले विविधतामा एकताको पहिचान र एकजुट बन्नमा मद्दत गर्ने बताउनु भयो ।
नमुवा गोत्यार समाजका अध्यक्ष चन्द्रप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथी थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मानबहादुर चौधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन हरिराम चौधरीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न साँस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो ।