टीकापुरमा बहु–उपयोगी विपद सिकाइ केन्द्र निर्माण हुंदै

टीकापुर, ११ जेठ/बर्षेनी बिभिन्न किसिमका विपद संग सामना गर्दै आइरहेको कैलालीको टिकापुर क्षेत्रमा यो वर्ष सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन
आर्थिक सहयोगमा बहु–उपयोगी विपद सिकाइ केन्द्र भबन बन्ने भएको छ ।
टीकापुर नगरपालिकाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको द्वारा संचालित स्ट्रोङ्ग परियोजनाको पहलमा टीकापुर नगरपालिका वडा नं १ स्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको हाता भित्र बहु–उपयोगी विपद सिकाइ केन्द्रको निर्माण कार्य सुरु भएको हो ।


नेपाल रेडक्रस सोसाइटीले केहि वर्ष यता कर्णाली नदि तटीय क्षेत्र मा रहेका टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा मौसम पुर्वानुमानमा आधारित पुर्वकार्य परियोजना संचालनमा ल्याए संगै प्रभावित समुदायहरुको आबस्यकता लाइ मध्यनजर गर्दै कर्णाली नदि तटीय क्षेत्रमा रहेका स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीको निरन्तर पहल र समन्वयमा प्रदेश सरकारको आर्थिक सहयोगमा विपद सिकाइ केन्द्रको निर्माण कार्य सुरु भएको हो ।
विपद सिकाइ केन्द्र स्थापना भएपछी कैलालीको कर्णाली नदि तटिय क्षेत्रका स्थानीय तहमात्र नभएर छिमेकी जिल्ला संगै विपद सिकाइ अध्यन केन्द्रको रुपमा विकास गरि देशभरका विभिन्न क्षेत्रबाट विपद सिकाइको लागि एक उदाहरणीय स्थलको रुपमा विकास गर्दै लगिने योजना रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली का उपसभापति जगदीश्वर पण्डितले बताउनु भयो ।
पण्डितका अनुसार यस भवन निर्माण पश्चात यस क्षेत्रमा रहेका स्थानीय तह तथा सहयोगी अन्य सरकारी तथा गैरसरकारी निकायको थप समन्वय तथा सहयोगमा चाहिने आवस्यक सामाग्रीहरुको व्यबस्थापन गरिविपद अध्यनको लागि देशैभरिबाट विभिन्न निकाय, व्यक्ति, विपद व्यबस्थापन क्षेत्रमा काम गर्ने निकायहरुलाई समेत टिकापुर आउने बातावरणको सृजना भइ यस क्षेत्रको विपद पर्यटनको समेत विकास हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।