टीकापुर, ३१, जेठ/संघीय सरकारले प्रत्यक वर्ष बजेट ल्याउँछ । यसरी ल्याउने बजेटमा टीकापुर सधैँ ठगिदै आएको महशुस यहाँका नागरिकले गरेका छन् ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनमा निरन्तर बजेट परेको नाम सुनेर चित्त बुझाउनु पर्ने अवस्था छ । अघिल्लो वर्षको तुलनामा टीकापुरले केही बढी बजेट पाएको छ । अघिल्लो वर्ष टीकापुर पार्क जाने सडकका लागि ढाई करोड बजेट आएकोमा यस पटक सांसद इश्वरी न्यौपानेले मात्र करिब ५ करोड रुपैया बराबरको योजना परेको रातो कितावमा देखिन्छ ।
टीकापुर पार्क सडकको निरन्तरतासंगै थप एक करोड रुपैया बजेट परेको छ । यसैगरी टीकापुर नगरपालिका वडा नम्बर ३ र ४ जोड्ने सडकको स्तरोत्रति गर्न एक करोड बजेट बिनियोजन भएको छ ।
टीकापुर ८ कोलबन्धरीयामा सामुदायिक भवनका लागि एक करोड रुपैया बनियोजन भएको छ भने टीकापुर स्थित प्रस्तावित योग अनुसन्धान केन्द्रको अधुरो भवन निर्माणका लागि एक करोड रुपैया बिनियोजन भएको छ । यसबाहेक भौतिक र खानेपानी तर्फको रातो किताव बाहिर नआएकाले बजेट कति प¥यो भन्ने बारेमा प्रष्ट नभएको सांसद इश्वरी न्यौपानेले बताउनुभयो । ‘‘डिपिआर भएको स्मार्ट सिटीका लागि बजेट, सिटी बसपार्कदेखि चक्रपथका लागि बजेटमा कार्यान्वयन गर्ने गरी टीकापुरको माग सम्बोधन भएको छ । नारायणपुर स्थित खानेपानी संस्थामा बजेट परेको छ भने बेलुवा नजिक पथरैयमा झोलुङ्गे पुल परेको छ’’, न्यौपानेले भन्नुभयो, ‘‘यस वर्ष प्रत्येक सांसद लाई ५ करोड रुपैयाका योजना छनौट गर्न भनिएको थियो, त्यही अनुसार योजना छनौट भएको हो ।’’
‘‘डिपिआर भएको स्मार्ट सिटीका लागि बजेट, सिटी बसपार्कदेखि चक्रपथका लागि बजेटमा कार्यान्वयन गर्ने गरी टीकापुरको माग सम्बोधन भएको छ’’, न्यौपानेले भन्नुभयो, ‘‘यस वर्ष प्रत्येक सांसदलाई ५ करोड रुपैयाका योजना छनौट गर्न भनिएको थियो, त्यही अनुसार योजना छनौट भएको हो ।’’
‘‘सांसदले नीति बनाउने भए पनि जनताले विकास गरेनन् भन्दै धारे हात लगाउने प्रचलन छ’’, न्यौपानेले भन्नुभयो, ‘‘आवश्यक्ता को पहिचान गरेर विकास योजना बनाएको भए सांसदले गाली खानु पर्दैन थियो ।’’
बलिया नेताले आफ्नो क्षेत्रमा विकास बजेट लग्दा समस्या भएको भन्दै जनताले विकास बजेट नापएपछि सांसदसँग असन्तुष्टि जनाउनु स्वभाविकै हो भन्नुभयो । ‘‘आफ्नो जन प्रतिनीधिले भएभरको विकास ल्याओस् भन्नु गलत होइन’’, सांसद एबं नेपाली काँग्रेसका केन्द्रीय सदस्य न्यौपानेले भन्नुभयो,‘‘हाम्रो क्षेत्रमा भएका सबै माननीयले सल्लाह गरेर ठोस योजना बनाएको भए बजेट प्रयोग अझ प्रभावकारी हुने थियो ।’’
उसो त यस वर्ष हरेक सांसदले ५ करोड रुपैया बराबरको योजना पाएको अवस्थामा अन्य बजेट पनि परेका छन् । टीकापुरस्थित बनगाउँ उत्तरपुरुवा, सरस्वती मावि बनगाउँमा, टीकापुर १ शिबनगर देखि जगतपुर जाने सडक, साहित्य समाजको भवन लगायत का कार्यक्रम बजेट पुस्तिकामा राखिएको छ । ‘‘अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट परेको छ’’, स्थानीय समाजसेवी लक्की शाहले भन्नुभयो, ‘‘प्रतिपक्षमा भए पनि सांसद इश्वरी न्यौपानेले
गरेको प्रयास सहनीय छ ।’’
‘‘टीकापुरमा सांसद संंख्या धेरै भएर पनि विकास बजेट नपरेको मा टीकापुरका जनता दुःखी थियौं, यस वर्ष केही राहत महशुस हुन्छ’’, शाहले भन्नुभयो ,‘‘ अन्य सांसदले पनि बजेट हाल्नुभएको होला, आउँदो वर्षदेखि सबै सांसद एक ठाउँमा बसेर ठोस योजना बनाएर बजेट माग गर्दा अझ प्रभावकारी हुन्छ ।’’ स्थानीय सरकारले पहल गरेर राजनीतिक दलका नेता, सामाजिक अगुवा, प्रदेश र संघिय सांसद बसेर ठोस योजना बनाउने हो भने टीकापुरको विकासमा ठूलो टेवा पुग्ने भए पनि एकजुट भएर हिडेको पाइदैन । भएका सांसद दुई वर्षमा एक पटक पनि एक ठाउँमा बसेको पाइदैन ।