टीकापुरमा एउटा जवरजस्त सोच बलियो बनाउने प्रयास भइरहेको छ । त्यो हो सबै हाम्रो झुण्ड हो बाँकी केही होइनन् । टीकापुर नगरपालिकाले वडा बिभाजनका सवालमा राजनीतिक दलका नेताहरुलाई छलफल गर्न बोलाईयो , छलफलमा वार्ड नम्बर १ लाई १० वटा वडामा बिभाजन गर्ने सल्लाह दिइयो । छलफलमा केहीले यो त धेरै भयो धान्न कहाँ सक्छ भन्दा विकासवादी केहीले होइन धेरै माग्ने हो भने भन्ने तर्क गरेर सल्लाहा दिइयो । अहिले वडा बिभाजनको काम असफल भयो । आफ्नै हातले हुने काम टीकापुरका नेताहरुले गर्न सक्दैनौं अनी राज्यबाट पाइने सुबिधाका बारेमा भने नानाथरी कुरा गर्छाै । वडा बिभाजनमा न पैसा लाग्ने न केही लाग्ने सामान्यतया यति वडा बनाऔं भनेर सहमति गर्ने कुरामा टीकापुरको नेतृत्व एक छैन अनी यहाँ एकथरी विकासवादी अर्काेथरी विकास बिरोधी भनेर चोक चौराहामा बोलेर अरुलाई अपमान गर्ने काम मात्र भइरहेको छ । केही दिन यता हवाई मैदानका बारेमा चर्चा हुन थालेको छ । दुई करोड बजेट आएको छ भनेर हवाई मैदानको सर्बे हुन लागेको तस्बिर पत्रिकामा छापिएको छ । रातो पार्टीको समाचार पत्याउने हो भने टुइनेटर बिमान मात्र चलाउन सकिन्छ भनेर प्राबिधिकले भनेका छन । टुईनेटर बिमानको क्षमता कति हो ? टुईनेटर बिमान टीकापुरबाट काठमाण्डौ चल्दा यात्रु भाडा दर कति हुन्छ ? धनगढी र नेपागञ्जबाट काठमाण्डौ जाँदा सामान्यतया ४५०० देखि ६५०० हुन्छ । कतिपय अवस्थामा त २८०० देखि ४००० मात्र पनि हुन्छ । यस्तो अवस्थामा टुईनेटर बिमानले टीकापुरबाट काठमाण्डौ कति पैसामा उडाउला ? कम्तीमा ८००० देखि ९००० हजार रुपैयाँ भाडा हुन्छ । यति महगों भाडामा ओहोर दोहोर गर्लान कि धनगढी र नेपालगञ्जबाट गर्लान ? टुईनेटर बिमान चलाउन सकिन्छ भनेर यस अघि पनि कुरा आएको हो त्यति बेला पनि टुईनेटरले लिने भाडा दर महगाें हुन जान्छ भन्ने कुरा आएको हो । अर्काे तर्फ ठेक्का हुने गरे । २ करोड रुपैयामा के को ठेक्का हुने हो । स्थानीय सरकारले खेलकुदको जग्गामा हवाई मैदान बनाए ठूलो जहाज आउन सक्छ र ठूलो जहाज आए भाडा कम हुन्छ भनेर प्रयास गरेको छ । स्थानीय सरकारलाई वाइपास गरेर केहीले नितान्त आफु मात्र हौं भन्ने प्रयास गरेको पाइन्छ जो विकास को बाधक हो । स्थानीय तहमा हुने हरेक विकास निर्माणमा स्थानीय सरकारलाई वाइपास गरेर सडकमा भएका व्यक्तिले हामी गर्छाै भन्नु अर्काको अस्तित्व नस्विकार्नु हो । तसर्थ टीकापुरको विकास गर्ने हो भने पवित्र उदेश्य राखेर छलफल अघि बढाउँ । हैन भने टीकापुर अराजकताको शिकार हुँदै छ । स्थानीय सरकारमा व्यक्ति को छ भन्ने होइन । जनताले चुनेको सरकार हो । यहि सरकारलाई सबैले बलियो बनायौं भने समाज पन िएक ढिक्का हुन्छ र विकास पनि हुन्छ । यसमा सबैको ध्यान जान जरुरी छ ।