टीकापुरमा विवाहका सामान पाइने क्राफ्ट जोन सञ्चालनमा

टीकापुर, २३ बैशाख/टीकापुरकी पुष्पा पाण्डेले टीकापुरमा क्राफ्ट जोन सञ्चालनमा ल्याउनु भएको छ ।
पाण्डेको टीकापुर क्राफ्ट जोनमा विवाहका लागि आवश्यक सामग्री र पोते मालाका सेट र श्रृंगारका सामग्री पाइन्छन् । पसलमा पोते माला सेट, दुलाहाले ओढ्ने छाता, साइपाटा नारिवल, स्वयम्बर पिर्का, नाम लेखेको दुलही चुरा, ब्रतबन्धका लागि मानापाथी भर्ने डालो, दक्षिणा राख्ने डालो, दुलहीले ओढ्ने घुम्टी, साइपाटाका किस्तीहरु, चप्पल जुत्ती एडीका क्राउन, नेक्लेस सेटहरु, सिन्दुरी, बिन्दी, बेल्ट, थैली तथा अन्य कस्मेटिक सामान एकै ठाउँमा पाइने सञ्चालक पाण्डेले बताउनुभयो ।


टीकापुर अस्पतालका कार्यरत स्वास्थ्यकर्मी पाण्डेले यी अधिकाँश सामान आफ्नै हातले बनाउने गर्नुभएको छ । उहाँले अर्डर अनुसार बरमाला समेत बनाउने गर्नुभएको छ ।
टीकापुरमा दुलाहा दुलहीका लागि आवश्यक सबै सामान एकै ठाउँमा पाइने पसल नभएकाले यो पसल सञ्चालन हुनुले सजिलो हुने स्थानीय शान्ति कोइरालाले बताउनुभयो ।