टीकापुरमा सूर्तीजन्य पदार्थ, मद्यपान सेवन तथा लागू पदार्थ दुव्र्यसनीे न्यूनिकरण सम्बन्धी कार्यक्रम

टीकापुर, २२ जेठ/टीकापुरमा सूर्तीजन्य पदार्थ, मद्यपान सेवन तथा लागू पदार्थ दुव्र्यसनीको न्यूनिकरण सम्बन्धी सञ्चार कार्यक्रम भएको छ । टीकापुर नगरपालिकाको आयोजना तथा सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको सहयोगमा कार्यक्रम भएको हो ।
टीकापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक लालविर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दुव्र्यसन न्यूनिकरणका लागि सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
बक्ताहरुले मदिराको बिक्री बितरणमा कडाइ गर्नुका साथै सबैभन्दा पहिले आफू सुध्रनुपर्नेमा जोड दिएका छन् ।
पूर्व दुव्र्यसनी खेमराज भट्टराईले बालबालिका गलत बाटोमा जान थाल्दा नै रोक्नुपर्ने भएपनि अभिभावक तथा प्रहरीबाट बच्चा बिग्रिएपछि मात्रै रोक्ने परिपार्टी रहेको बताउनुभयो ।


इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरज खड्काले सूर्तीजन्य र लागू औषध नियन्त्रणका लागि अभिभावक तथा साथीबाट सिक्ने भएकाले सच्चिन आवश्यक भएको बताउनु भयो । उहाँले समाजमा मदिरा ले सबैभन्दा बढी अशान्ति बढाएको बताउनुभयो ।
वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले दिउँसो कार्यक्रम गर्ने बेलुका त्यही सेरोफेरोको होटलमा मदिरा खानेहरु भएकाले पनि नियन्त्रणमा समस्या भएको बताउनुभयो ।
टीकापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक लालविर चौधरीले आउँदा दिनमा सुक्ष्म अध्ययन गरेर दुव्र्यसनी न्यूनिकरणका लागि बृहत योजना बनाएर काम गर्नुपर्ने बताउनु भयो । चौधरीले
अब हुने नगरसभामा स्वास्थ्यमा प्रभावकारी ढंगले नीतिगत रुपमै बजेट तथा कार्यक्रम ल्याउने बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरका हेमराज खड्काले नागरिकले खाने गुट्कामा सडेको सुपारी, क्यामिकल र सिसा मिसाइएको हुने भएकाले स्वास्थ्यमा बढी असर गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कानून अधिकृत केशरबहादुर थापा, ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय का सीता तिमिल्सिना, नागरिक समाजका संयोजक भिमराम चपाइ, समाजसेवी मोहन शर्मा, विरेन्द्र विद्या मन्दिरका प्रअ फणिन्द्रराज रेग्मी,होटल व्यवसायी खेम कुँवर, टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी, पत्रकार परमानन्द पाण्डे, यज्ञराज सिम्खडा लगायतले सुझाव दिनुभएको थियो ।
प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले सहजीकरण गर्नुभएको कार्यक्रम सञ्चालन जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले गर्नुभएको थियो ।