टीकापुर, ३१ भाद्र/अस्पताल भन्ने बित्तिकै स्वास्थ्यकर्मीको भावना करुणा हुनुपर्छ । आधा रोग स्वास्थ्यकर्मीको व्यबहारले कम हुन्छ भन्ने सोँच हुन्छ । तर टीकापुर अस्पतालमा ठीक उल्टो हुन्छ । टीकापुर अस्पतालको औषधि बिक्री कक्षमा कार्यरत कर्मचारी जनक शाही (फार्म डी.) ले बिरामीसँग दादागिरी शैलीमा प्रस्तुत हुने गरेका छन् । बिरामीसँग रुखो तरिकाले प्रस्तुत हुने र भएको औषधि नदिने व्यबहारले नागरिक दिक्क भएका छन् ।
आइतबार एक जना सेवाग्राही औषधि लिन जाँदा त्यस्तै दुव्र्यबहार गरेका छन् । चिकित्सक ले औषधि लेखेको पूर्जा लिएर औषधि बिक्री कक्षमा जाँदा शाहीले पहिला गलत औषधि दिन थालेका थिए । बिरामीले यो औषधि होइन अर्को हो भनेपछि पूर्जामा यही लेखेको छ सच्याएर ल्याउनुहोस् भने । बिरामीले औषधिको नाम सच्याएर आए । नाम सच्याएर आएपछि शाहीले तपाई आफँैले सच्याउनु भएको हो भनी आरोप लगाउन थाले । बिरामीले होइन भन्दा मान्न तयार भएनन् । शाही र बिरामीको भनाभन भएपछि उनी म यहाँको प्रमुख हँुभन्न भ्याए । उनी त्यतिमा रुकेनन् म यहाँको ठूलो मान्छे हुँ, एल एन मेडिकलमा मान्छे म¥यो, त्यसको बारेमा पनि मैले भन्नुपर्छ त्यसपछि मात्र हुन्छ भने ।
बिबाद बढ्दै गएपछि बिरामीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट बहादुर सोडारीलाई फोन गरे । फोनबाट अध्यक्षलाई कुरा गर्न आग्रह गर्दा उनले झुट बोल्न शुरु गरिहाले । पूर्जामा नभएको औषधि माग्ने भनेर अध्यक्षलाई गलत ब्रिफिङ गरे । एकछिनपछि अध्यक्ष सोडारी त्यही आउनुभयो । अध्यक्ष सोडारीले बिरामी पूर्जा लगेर औषधि दिएपछि बिरामीले करिब ४५ मिनेटको रस्सा कस्सीपछि औषधि पाए । फार्मसिस्ट शाहीले अराजक भएर औषधि दिदैन भनेर अड्डि कसे ।
शुरुमा सामाजिक विकास मन्त्रालयको बजेट मार्फत टीकापुरमा आएका शाही यतिखेर अस्पताल व्यवस्थापन समितिबाट पारिश्रमिक खाने गरेको बुझिएको छ । सामाजिक विकास मन्त्रालय ले बजेट नदिएपछि हात पाउ जोडेर टीकापुर अस्पतालमा चप्किएका छन् ।
आफुलाई डाक्टर भनेर लेख्छन् तर उनी फर्मासिष्ट मात्र भएको बुझिएको छ । पछिल्लो समय औषधि खरिद बिक्रीमा रजाई गर्दै आएका शाहीले मनपरी खरिद गर्ने गरेका छन् । अस्पतालको औषधि बिक्री कक्षमा गुणस्तरीय औषधिभन्दा कमिसनमा औषधि खरिद गर्ने गरेका छन् । बिशेषज्ञ डाक्टरले सिफारीस गर्ने औषधिभन्दा शाहीले आफ्नो मनपरी औषधि खरिद गर्न थालेपछि बिमा गरेका बिरामीले अधिकाँस औषधि पाउने गरेका छैनन् ।
‘‘सस्ता सस्ता कम्पनीका औषधि राख्ने र त्यसमा धेरै औषधि पाइदैन’’, जानकी ३ का सागर ताम्राकारले भन्नुभयो, ‘‘बिमा गर्नुको केही फाइदा छैन, मत अर्को पटकबाट बिमा गर्दैन ।’’ ताम्राकारले टीकापुर अस्पतालमा औषधि खरिदमा मनपरी भएको बताउनुभयो ।
तपाईहरु जस्ता सचेत नागरिकसँग यस्तो व्यबहार गर्ने कर्मचारीले आम नागरिकलाई कस्तो व्यबहार
गर्छन् होला भने त्यहाँ कार्यरत बिरामीका आफन्त ले गुनासो गर्न थालिहाले ।
‘‘अस्पताल व्यबस्थापन समिति का अध्यक्ष सोडारीले सेवा प्रभावकारी बनाउने प्रयास गरे पनि यस्ता अराजक प्रबृत्तिका कर्मचारी भएपछि नागरिकले कसरी सहज सेवा पाउछन् रु’’, स्थानीय महिला नेतृ निर्मला कडायतले भन्नुभयो,‘‘यस्ता अराजक कर्मचारीलाई व्यबस्थापन समितिले समयमै तह लगाउनु पर्छ ।’’