टीकापुर, २९ भाद्र/सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा बाताबरण लक्ष्मण किशोर चौधरीले स्थानीय उत्पादन विना आर्थिक कारोबार वृद्धि नहुने बताउनु भएको छ । टीकापुर उद्योग बाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्तिको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
मन्त्रि चौधरीले बाणिज्यमा मात्र आधारित बजारमा आर्थिक गतिविधि कम हुने र आर्थिक गतिविधि बढाउनका लागि स्थानीय उत्पादन बजारमा जानु पर्ने बताउनु भयो । उहाँले यो क्षेत्रमा स्थानीय उत्पादनका लागि आवश्यक उद्योगहरु समेत नभएकाले अवका दिनमा प्रदेश सरकारले त्यसमा ध्यान दिने र आफूले त्यसको लागि पहल गर्ने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा जयबाबा विश्वकर्मा कृषी औजार टीकापुरका सञ्चालक कृष्णबहादुर विश्वकर्मालाई खड्ग स्मृति सम्मान २०८१ बाट अभिनन्दन गरिएको छ । कार्यक्रममा त्रिभूवन मावि वटनपुरकी रोशनी बुढा, कर्णाली मावि सत्तिका सुदिप सुनार, जनता माध्यामिक विद्यालय सोनाहाफाटाका आयशा चौधरी र कर्णाली राष्टिूय आधारभूत विद्यालय तोली गाउँकी कविता आउजीलाई जनही ५ हजार ५ रुपैया छात्रवृत्ति प्रदान गरिएको छ ।
उक्त विद्यालयलाई पनि सम्मान पत्र प्रदान गरिएको छ । संघले टीकापुर क्षेत्रमा औद्योगीक क्षेत्र स्थापनमा जोड दिनुपर्ने र संघको बहुउद्देश्यीय तालिम हल निर्माणका लागि बजेट विनियोजन गर्नु पर्ने मागसहित २ बुँदे मन्त्रि लाई ज्ञापन पत्र पनि बुझाएको छ ।
संघका पूर्व सदस्य तथा लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिना, संघका कार्यालय प्रमुख तर्कराज रिमाल, पूर्व अध्यक्ष तथा पदाधिकारी र अन्य सदस्यहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख ढविन्द्र रावल, संघका सल्लाहकार संयोजक सुरेन्द्र किशोर गीरी लगाएतले शुभकामना मन्तव्य राख्नु भयो । संघका महासचिव नवराज रिमालले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बजगाईले गर्नुभयो ।