टीकापुर उद्योग वाणिज्य संघ निर्वाचन, १ हजार १ सय ७९ मत खस्यो

टीकापुर, २२ भाद्र/टीकापुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा १ हजार १ सय ७९ मत खसेको छ ।
शनिबार विहान ८ बजेबाट टीकापुरको सिटी हलमा शुरु भएको मतदान ५ बजे सकिएको निर्वाचन समितिका प्रमुख रघुनाथ उपाध्यायले बताउनुभयो ।
उद्योग वाणिज्य संघको अध्यक्ष मा कृष्ण प्रसाद उपाध्याय बजगाई र सन्तोष खड्काको प्यानल चुनावी मैदानमा छन् । २ प्यानल बाट ३४ जनाको उम्मेदवारी छ ।
निर्वाचनबाट १ जना अध्यक्ष, एक जना उद्योग र एक जना बाणिज्य तर्फगरी २ जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष १-१  जना,  खुल्ला सदस्य ८ जना, दलित, जनजाती र महिला सदस्य १-१ जना निर्वाचित हुनेछन् । वाणिज्य संघमा १ हजार ३ सय ५४ मतदाता रहेका थिए ।