टीकापुर, २३ भाद्र/टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा सन्तोष खड्का विजयी हुनु भएको छ । खड्का ६ सय २७ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी कृष्णप्रसाद बजगाईले ५ सय १४ मत पाउनु भएको छ ।
उपाध्यक्ष उद्योग तर्फ दिपेन्द्र रावल ५ सय ४० मत ल्याएर विजयी हुनु भएको छ भने प्रतिद्धन्द्धि तपेन्द्र कुवँरले ५ सय २३ मत पाउनु भएको छ । उपाध्यक्ष वाणिज्य तर्फ अर्जुन प्रसाद भट्टराई ५ सय ४५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी लोकेश साउँदले ५ सय ३६ मत पाउनु भएको छ ।
महासचिवमा प्रकाश उपाध्याय तिमिल्सिना ५ सय ६१ मत ल्याएर विजयी हुनु भएको छ भने प्रतिस्पर्धी पृथ्वीराज ढुंगानाले ५ सय ५१ मत पाउनु भएको छ । सचिवमा प्रकाश शाह ५ सय ५४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी हिक्मत रावलले ५ सय १५ मत पाउनु भएको छ ।

कोषाध्यक्षमा टीका शाही ५ सय ६७ मत ल्याएर विजयी हुनु भएको छ भने प्रतिस्पर्धी टेकबहादुर सोडारीले ५ सय ३५ मत पाउनु भएको निर्वाचन समितिका प्रमुख रघुनाथ उपाध्यायले जानकारी दिनुभयो ।
बजगाई प्यानलका सबै पदाधिकारी विजयी भए पनि अध्यक्षमा भने बजगाई १ सय १३ मतान्तरले पराजित हुनु भएको छ ।
सदस्यमा उपेन्द्र वटाला, जनकबहादुर विष्ट, दिपबहादुर साउँद, रुपकबहादुर विष्ट, विजय धामी, सर्पराज साउँद, शैलेश साउँद र हेमन्त रिमाल विजयी हुनु भएको छ ।
यस्तै समावेशी महिला सदस्यमा जानकी शाह, दलित सदस्यमा रमेश तिखातरी र जनजाती सदस्यमा सन्तोष कुमार कठरिया विजयी हुनु भएको छ । संघको शनिबार भएको निर्वाचनमा १ हजार १ सय ७९ मत खसेको थियो ।
संघका नव निर्वाचित अध्यक्ष सन्तोष खड्काले मतदाताहरुलाई धन्यवाद दिँदै सबैको साझा अध्यक्ष भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले आफ्नो पहिलो प्राथमिकता टीकापुर नगरपालिका को सटर भाडाको समस्या समाधान गर्नु रहेको बताउँदै त्यो समस्या समाधानमा लाग्ने बताउनुभयो ।