टीकापुर, ११ भाद्र/टीकापुर उद्योग वाणिज्य संघ टीकापुरको २३ औंँ वार्षिक साधारण सभा शुरु भएको छ ।
साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले टीकापुरमा कृषिजन्य बस्तु र पर्यटकीय गन्तब्यका लागि पहिचान हुनसक्ने स्थान, ब्यवस्थित बजारका हिसावले यो ठाउँको विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले टीकापुर बजार बाँके र बर्दियासँग समेत जोडिएको बताउँदै, टीकापुर पार्कमा रहेका पूर्वराजाका भवनलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गनुका साथै स्रोत र साधनको पहिचान आवश्यक रहेको बताउनुभयो ।
पूर्व अध्यक्ष ढकालले यस क्षेत्रका उत्पादन, संस्कृतिलाई विकास गर्न गरेका प्रयास सहनीय रहेका बताउँदै निजी क्षेत्रका सवाल र ब्यापारिको हितमा काम गर्न विविध कारणले नसकिएको बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योण वाणिज्य महासंघका निर्वतमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले कोभिडका कारण ब्यापारीमा परेको समस्याबारे बताउँदै सरकारले गर्ने अनावश्यक अनुगमनलै हैरान पार्ने गरेको बताउनुभयो । केन्द्रीय सदस्य श्रीकृष्ण वैद्यले कोभिड पछि जिल्लामा उद्योगी र व्यवसायीका समस्या बढ्दै गएका बताउनुभयो । उहाँले मौद्रिक नीतिका कारण ऋण, ब्याज जस्ता कुरामा ब्यापारी मर्कामा परेका बताउनुभयो ।
कार्यक्रममा अर्जुन वाच सेन्टर टीकापुरका सञ्चालक बाबुराम थारुलाई खड्ग स्मृति सम्मानबाट सम्मानित गरिएको छ ।
वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष धुब्र खत्री, नेपाली काँग्रेसका सुरत रावल न्यौपाने, टीकापुर नगरपालिका वडा नं.८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्ला, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेल, पूर्व अध्यक्ष राजकुमार हमाल, टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी, ब्यापारीहरु शिवदत्त उप्रेति, तर्कबहादुर बुढा, निर्वाचन समिति का संयोजक रघुराज उपाध्याय लगायतले बोल्नुभएको थियो ।
महासचिव तपेन्द्र स्वाँरले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष चक्रपाणि भट्टराईले गर्नुभएको थियो ।
साधारण सभाले संघको नयाँ नेतृत्व चयन गर्ने भएको छ । नयाँ नेतृत्व चयनका लागि यही भदौँ १८ गते निर्वाचन हुने बताइएको छ । निर्वाचनमा ११ सय ६३ सदस्यले मत हाल्न पाउनेछन् ।