टीकापुर, २८ साउन/टीकापुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ३० गते हुने निर्वाचन हुँदैछ । निर्वाचन उपसमितिले उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन गरिसकेको छ । निर्वाचनका लागि अहिले उम्मेदवारहरु आ–आफ्नो एजेण्डा सहित उपभोक्तासंग मत मागिरहेका छन् ।
टीकापुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरु उपभोक्तासंग मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो एजेण्डासहित उपभोक्ता कहाँ पुगेर मत माग्ने गरेकाछन् ।
अध्यक्षका उम्मेदवार खडक धामी आफुले ३ वर्ष संस्थाको सदस्य पदमा रहेर काम गरिसकेका कारण त्यहि अनुभवका आधारमा उपभोक्ता स्वच्छ खानेपानी र गुणस्तरीय सेवा प्रदान गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

अर्का उम्मेदवार सरिता रावल थापा आफूले यस भन्दा अगाडी २ कार्यकाल ६ वर्ष संस्थाको सदस्य पदमा बसेर काम गरिसकेको हुनाले अहिले आफु नेतृत्व गर्न सक्नु भनि अध्यक्षमा उम्मेदवारी दिएको बताउनुहुन्छ ।
अध्यक्ष पदकै अर्का उम्मेदवार श्रृजना शर्मा पण्डित पहिलो कार्यकालमा सदस्य र दोस्रो कार्यकालमा उपाध्यक्षसहित कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका कारण आफुले संस्थाको अध्यक्ष भएर नेतृत्व गर्न चाहेको बताउनु हुन्छ ।
२ कार्यकाल कोषाध्यक्ष भएर काम गरिसक्नु भएका विश्राम चौधरीले पनि अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । आफुले २ कार्यकाल कोषाध्यक्ष पदमा बसेर काम गरिसकेको र त्यो २ कार्यकालको अनुभवले संस्थामा अझै धेरै काम गर्न बाँकी देखिएकोले ति काम सम्पन्न गर्नका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिएको चौधरी बताउनुहुन्छ ।
३० गते हुने संस्थाको निर्वाचन का लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन उपसमितिका अनुसार अध्यक्षमा ४, उपाध्यक्षमा ३, सचिवमा ५ र कोषाध्यक्षमा ४ जना गरी १६ जनाको उम्मेदवारी दर्ता भएको छ भने ३ खुल्ला सदस्य पदका लागि १४ जना र २ जना महिला सदस्यका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनमा ६ हजार ९४० जना उपभोक्ताले मतदान गर्न पाउने निर्वाचन उपसमितिले बताएको छ ।