टीकापुर नगरपालिकाको वडा नम्बर ५ शिवगंगा टोलका मानिसका दुःख,न मुक्त कमैंयाको सुविधा न सुरक्षित घरबास

टीकापुर,२० चैत/टीकापुर नगरपालिका वडा नम्बर ५ झंझटपुर शिबगंंगा टोल बसन्ता कुलोको ढिकैमा छ । कुलामा पानी बढने वित्तिकै पानी सबैको घरमा पस्छ । कुलो यति नजिक छ कि घरभित्रबाट निस्केको मानिस सोझौ दश पाइला अघि बढे कुलो मै खस्छ । पार्करोड स्थित टीकापुर बहुप्राविधिक शिक्षालयबाट २०० मिटर मात्र दक्षिणपट्टि रहेको शिवगंगा टोल यही कुलोका कारण अत्यन्तै दुर्गम र यहाँका मानिस अत्यन्तै दुःखी भएका छन् ।
शिवगंगा टोलका बासिन्दा बुधराम चौधरी घरै छोडेर हिडनु भएको छ । उहाँका छिमेकी रामदिन चौधरी छोरा कुलोमा डुबेर मरेपछि दुई छोरीसहित गाउँ नै छोडेको बताउनुहुन्छ । यस्तै यही बस्तीका विपतरानी चौधरी पनि छोरा डुबेर मरेपछि गाउँ छाडेको बताउनुहुन्छ । १६ धुर देखि चार कठठासम्म घरबास भएका २६ परिवारको जग्गाको बीचैबाट बसन्ता कुलो बग्छ । घरको आँगनमै कुला भएकाले रातदिन बालबच्चा थुनेर बस्नुपरेको स्थानीय सरिता चौधरी बताउनु हुन्छ।। अर्की महिला रत्नी चौधरी पनि कुलाले बच्चा मात्रै खाएको छैन आफ्ना भेडाबाख्रा, भाँडाकुँडा, बंगुर र लगाएको बाली समेत बगाएर लैजाने गरेको बताउनुहुन्छ ।
शिवगंगा टोलको सिरानमा इन्टेक रहेको कुलो एक किलोमिटर बस्ती पार गरेपछि रानी कुलाको नजिकै भएर बग्छ । पहिले यो कुलोको बाँध बस्तीको पुछारम यहीनेरै थियो तर त्यहँ अस्थायी बाँध बनाउन अप्ठ्यारो भएपछि बसन्ता, मनिकापुर लगायतका गाउँका किसानले बाँध माथि सारेका थिए । रानी जमरा कुलरिया सिचाई आयोजना आइसकेपछि २०७१ सालमा पुलसंगै पक्की इन्टेक बनाइदिएको छ ।
धेरै बाढी आएपछि बाँध बगेर कुला सुक्ने भएपनि पुल र इन्टेक पक्की भएपछि वर्षाको बाढी यहीबाट गाउँपस्न थालेको छ । बस्तिको पुछारमा रहेको पुरानो बाँधमै इन्टेक बनाउन सके एक किलोमिटर दुरी छोट्टिने र २६ परिवारको सबैको आँगनमै रहेको कुलोबाट हुने जोखिम घटने अवस्था पनि छ तर बाढीबाट आक्रान्त स्थानीय छविलाल चौधरी भने कि कुलाको बाँध सार्नु पर्ने कि बस्ती सार्नुपर्ने बताउनु हुन्छ ।
पहिलेका कमैंया शिवगंगा टोलमा बसेपछि २०५५ सालमा लालपूर्जा पाएका थिए । यही लालपूर्जाका कारण मुक्त कमैंयाले पाउने सुविधा पनि नपाएको छविलाल चौधरी बताउनुहुन्छ । यहाँका मानिसले सिचाई आयोजना लगायतका सरकारी निकायमा मुहान सार्न गुहार मागेपनि आफ्नो माग पूरा नभएको बताउछन् ।
वडा नम्बर ५ काम वडाध्यक्ष बलबीर चौधरी बस्ती भन्दा पहिले देखि कै कुलो चलेकाले कुलो नै रहने र पुरानो ठाउँमा बाँध धेरै गहिरो भएकाले त्यहाँ सार्न पनि नसकिने तर सुरक्षित बनाउन छलफल भैरहे को बताउनुहुन्छ ।