टीकापुर नगरपालिको बजेट ८५ करोड ४४ लाख नीति कार्यक्रम, बजेट पारित गर्दै पन्ध्रौ सभा एकै दिनमा सम्पन्न

टीकापुर, १० आषाढ/टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि ८५ करोड ४४ लाख १० हजारको बजेट ल्याएको छ ।
सभाका ज्येष्ठ सदस्य राम बहादुर नगार्जीले सङ्घबाट प्राप्त हुने ६९ करोड ७६ लाख, प्रदेश बाट प्राप्त हुने ४ करोड ३१ लाख र आन्तरिक आयबाट ११ करोड ३६ लाख आय हुने अनुमान पेश गर्नुभएको छ । चालु र साधारण खर्च १६ करोड, नगरपालिकाको प्राथमिकताका योजनामा ११ करोड, सबै वडाका लागि छ करोड, वडामा कालोपत्रेका लागि करीब ९ करोड बजेट विनियोजन भएको बजेटमा उल्लेख छ । यस्तै शाखाहरुका लागि दुई करोड ५० लाख विनियोजन भएको छ । सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्न ४५ लाख ६० हजार बजेट विनियोजन भएको छ ।


नगर प्रमुखद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
नगरप्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको आगामी आ।व। को नीति तथा कार्यक्रम प्रस्तुत गरेको नीतिमा सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र खोल्ने, अभिभावक विहिन बालबालिका लागि आवासिय शिक्षा दिने व्यवस्था, टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षबाट सृजनशील विद्यार्थी उत्पादन गर्न हप्ताको एक दिन पुस्तकसहित शुक्रबार लागु गर्ने, स्वयंसेविकाको सम्मान गर्ने नीति लिएको छ ।

वर्तमान पदाधिकारीको तेस्रो बजेट जनमुखी आउछ की भन्ने बिश्वास नगरबासीले गरेको भएपनि यो बर्षको बजेट पनि कनिका छराई र कमिसनमुखी रहेको प्रष्ट देख्न पाइन्छ । बजेटमा एक वडा एक गौरवको योेजना र कालोपत्रेको ठोस योजना बाहेक अधिकांस कमिसन खान सजिलो हुने गरी बजेट बिनियोजन गरिएको     छ । चालू खर्चको १६ करोड बजेटलाई बिश्लेषण गर्ने हो भने टीकापुर नगरपालिकामा मामाको धन फूपुको श्रद्धा भन्ने प्रष्ट छ । पालिकाको सूचना राटिूय पत्रिकामा हालेर कमिसन खाँदै आएको पालिकाले यस बर्ष पत्रकारका नाममा ५५ लाख बजेट छुटइएको छ । कर्मचारी र पदाधिकारी भ्रमण खर्च ३५ लाख रुपैया छुट्याइएको छ । नगर सभाका सदस्यहरुको अध्ययन भ्रमणका लागि भनेर १० लाख रुपैया छुट्याइएको   छ । अतिथी सत्कारका लागि १२ लाख रुपैया, सभा सञ्चालन खर्च १५ लाख , मसलन्द तथा कार्यालय समाग्रीका लागि ६० लाख रुपैया, पदाधिकारी र कर्मचारी र अन्य भत्ता भनेर ४० लाख रुपैया छुट्याइएको छ । पदाधिकारी र कार्यालयका लागि इन्धन ४५ लाख रुपैया छुट्याइएको छ । मर्मत सम्भारमा १५ लाख रुपैया छुट्याइएको छ । १६ करोडको चालू पुँजी अन्तर्गत छुट्याइएका शिर्षक हुन् । बजेटमा मनपरी शिर्षक राखेर नागरिकलाई बजेट बाँडफाँडको कपि वितरण भएपनि पछि रकमान्तर गर्दै मनपरी खर्च गर्ने गरिएको नगरपालिकाकै कर्मचारीले बताउने गरेका छन् । बजेट शिर्षकमा आएपनि रकमान्तरको कुरा बाहिर नआउने भएपछि जनप्रतिनीधिले फाइदा उठाउने गरेको कर्मचारीकै भनाई छ ।
यस्तै नगर अनुदान शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारीका सेवा सुविधा, खेलकुद, स्काउट लगायतका धेरैजसो कार्यक्रम दोहरिएका छन् । पालिकाले परिक्षाको विश्वसनियता,बैद्यता, बस्तुनिष्ठता र स्तरियता जस्ता आधारभूत मान्यतालाई कायम राखी कक्षा ५,कक्षा ८ लाई नगरस्तरिय परिक्षँ संचालन गरी मूल्यांकन प्रर्णाली लाई बैज्ञानिक र प्रभावकारी बनाईने नीति लिएको छ  । नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सभा सदस्य दीपक निसानी ले जातीय विभेद अन्त्य, छाउपडी प्रथा न्यूनिकरणका लागि काम अझैँ गर्नुपर्ने बताउनुभयो । सभा सदस्य भरत साउँदले नीति तथा कार्यक्रम महाभारतजस्तो लागेको बताउनुभयो । सभा सदस्य कैलाशपति चौधरीले लैंगिक समानता तथा अपांगता भएकाहरुको समावेशीता का लागि काम गर्नुपर्ने बताउनु भयो । सभा सदस्य प्रेमलाल चौधरीले खेलकुद पूर्वाधार विकासमा खासै ध्यान नदिएको गुनासो गर्नुभयो । सभा सदस्य गणेश घर्तीमगरले अपांगता भएका क्षेत्रमा प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । सभा सदस्य कमला देवी विश्वकर्माले सभाका नाममा गरिने खर्च घटाउन माग गर्दै नीति तथा कार्यक्रम अध्ययनको समय दिनुपर्ने, क्याम्पस जस्तो किताब थमाउने, पढ्ने समय नदिने कार्य सही नभएको बताउनु भयो । सभामा सभा सदस्य मञ्जु विकले समेत साना सहकारी व्यवस्थित गर्नेबारे बोल्नु भएको थियो ।

बरघर विधेयक सभामा अस्वीकृत
सभामा पेश भएको बरघर प्रणाली संरक्षण, प्रवद्र्धन र विकास गर्न बनेको विधेयक २०८१ कार्यपालिकामा छलफल नै नगरी सिधै सभामा लगिएको भन्दै सभा सदस्यले विरोध गरेपछि स्थगित भएको छ । यो विधेयक विधायन समितले कार्यपालिकामा पेश गर्ने, कार्यपालिकाले स्वीकृत गरेपछि अर्को सभामा ल्याउने बताइएको छ ।
सभा समापन गर्दै नगर प्रमुख रामलाल डगौरा थारुले थुप्रै चुनौति र अवसरका बीचमा काम गरिहे का बताउँदै नगरलाई सुव्यवस्थित बनाउन सबैको सहयोग चाहिने बताउनुभयो ।