टीकापुर पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा

दु्र्गा देवकोटा
टीकापुर, १ आषाढरकैलालीको टीकापुर नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका एवम् दिगोपना घोषणा गरिएको छ । नगर खोप समन्वय समिति टीकापुर नगरपालिकाको आयोजना मा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुषालले टीकापुरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्नुभएको होे ।
प्रमुख भुषालले खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकाको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । ‘‘खोपबाटै बालबालिकाको स्वास्थ्यमा ध्यान दिन थालिन्छ’’, उहाँले भन्नुभयो, ‘‘नियमित खोप अभियान र सबैलाई खोपको दायरामा ल्याउन गरिएका प्रयासले सार्थकता पाएको छ । अभियानमा खट्ने सबैलाई धन्यवाद ।’’
समन्वय समिति प्रमुख भुषालले १२ देखि १५ वर्षका बालबालिका कुलतमा फसिरहेकाले उनीहरुलाई जोगाउन महिला स्वास्थ्य स्वयम सेविकाले थप भूमिका निभाउन आवश्यक रहेको बताउनुभयो । ‘‘हरेक अभियानमा स्वयम सेविका को साथ र सक्रीयता मिलेको छ, उहाँहरुको मेहनतकै कारण स्वास्थ्यमा अभियान सफल भएका छन्’’,उहाँले भन्नुभयो, ‘‘समुदायमा बालबालिका कुलतमा फस्नबाट जोगाउन पनि यहाँहरुको सक्रीयता चाहिएको छ ।”


नगरपालिकाभित्र रहेका १६ महिनादेखि ५९ महिनासम्मका ४ हजार ५९४ बालबालिकाले सबै प्रकारका खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावल ले जानकारी दिनुभयो । ‘‘पूर्ण खोपका लागि एक वर्षमात्र मेहनत गरेर पुग्दैन, नियमित मेहनत गर्नुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘छुटेका वा खोप नपाएका बालबालिकालाई अनिवार्य खोपको दायरामा ल्याए पछि मात्र सुनिश्चित गरिन्छ ।’’
कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका सरस्वति बोहराले निस्वार्थ भावनाले काम गरिरहेका स्वयम सेविकालाई सुविधा दिन पालिकाले ध्यान नदिएको गुनासो गर्नुभयो । ‘‘५ वर्षअघि दिइएको मेडिक मोबाइल पूरानो भयो, गर्भवतीको तथ्यांक अपडेटमा मोबाइल नभएर गाह्रो भएको छ’’, उहाँले भन्नुभयो, ‘‘मोबाइलसँगै थप सुविधा उपलब्ध गराउन माग छ । हामीलाई सेवा निवृत्त हुँदा यसअघि दिइदै आएको रु। १ लाख वृद्धि गरी रु।५ लाख नीतिगत रुपमै व्यवस्था गरिदिनुप¥यो ।’’
कार्यक्रममा नगर प्रमुख रामलाल डगौरा थारुले खोपसँगै बालबालिका लाई स्वस्थ बनाउन नगरपालिकाले स्वास्थ्य गतिविधि बढाउँदै लगेको बताउनुभयो । उहाँले खोप अभियानमा खट्ने स्वास्थ्यकर्मी र स्वयम सेविकालाई धन्यवाद दिनुभयो । ‘‘अहोरात्र खटेका महिला स्वास्थ्य स्वयम सेविकाका मागमा पालिकाको ध्यान गएको छ । हामीले मासिक रिपोर्ट बुझाउन आउँदा पाइन रु। ५ सयलाई वृद्धि गरी रु। १ हजार बनाएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘अन्य सुविधा पनि दिनेछौँ । सक्दो प्रोत्साहन गर्नुपर्छ भन्नेमा हामी जिम्मेवार छौँ ।’’
कार्यक्रममा खोप अभियानमा खट्ने स्वास्थ्य संस्था, स्वास्थ्य कर्मी लाई सम्मान गरिएको छ । सरकारले बालबालिकालाई १३ प्रकारका खोप लगाउने गरेको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भुमेश्वर पोखरेल, जनस्वास्थ्य निरीक्षक तेजबिक्रम शाही, टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारी लगायतको उपस्थिति थियो ।
सिनियर अहेव कमलबहादुर रावलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत जनस्वास्थ्य निरीक्षक धर्मसिँह बटालाले गर्नुभएको थियो ।