टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गाका बारेमा छलफल

टीकापुर,१३ कार्तिक/करिब १८ वर्षदेखि अतिक्रमण भएको टीकापुर बहुमुखी क्याम्पसका जग्गाका बारेमा सोमबार टीकापुरमा छलफल भएको छ । नीति तथा अनुसन्धान प्रतिष्ठान ९नेपाल सरकारको बिशेषज्ञ समूह ० को आयोजनामा टीकापुरस्थित राजनीतिक दल, बस्तीका बासिन्दा, सामाुजिक अगुवा, पत्रकारहरुसँग भएको छलफलमा क्याम्पसको जग्गा व्यक्ति सरह भएकाले कसैले दिन्छु भन्दैमा दिन नमिल्ने जिकिर गरे । राजनीतिक दलले दोहोर चरित्र देखाएकै कारण जग्गा अतिक्रमण समस्या दिनप्रतिदिन बढ्दै गएको कतिपय सहभागिको भनाई थियो ।
टीकापुर नगरपालिका वार्ड नम्बर १ का सदस्य नरेश बिकले राजनीतिक दलले बस्ती बस्ने बेला सजगता देखाएको भए यो समस्या आउने थिएन भन्नु भयो । ‘‘शुरुमा १६ ÷१७ घर मात्र थिए पछि बढ्दै गए’’,विकले भन्नुभयो । मुक्त कमैयाका रामफल चौधरीले समस्या समाधान हुन्छ भने आफुहरु बाधक बन्दैनौं भन्दै आफुहरुले न्याय पाउनुपर्ने बताउनुभयो ।


मुक्त कमैयाले कार्डको आधारमा पाउने सुबिधा दिलाउन राजनीतिक दलसँंग आग्रह गर्नुभयो । बस्तीका अगुवाहरुले राजनीतिक दलका नेताहरुले बस्तीमा आएर जग्गा दिन्छौ भन्ने गरेको तर पछि वास्ता नगरेको गुनासो गर्नुभयो । ‘‘जग्गा दिन्छौ भनेर सबै राजनीतिक दलले हस्ताक्षर गरेको कागजात आफुहरुसंग सुरक्षित छन्’’, बस्तीका नेता रण बहादुर बिकले भन्नुभयो, ‘‘स्थानीय राजनीतिक दलले समस्या समाधानमा चासो नदिदा दुख पायौंँ ।’’
टीकापुर बहुमुखी क्याम्पसको जग्गा अतिक्रमणबारे अनसन्धान र अध्ययन गरेर सरकारलाई सुझाव दिने उद्देश्यले अनुसन्धानकर्ता गोपाल आचार्यको टोलीले बस्तीका अगुवासँग छुट्टै छलफल गरेको थियो । सरोकारवालाको छलफलमा पूर्व सांसद गंगाबहादुर कुँवरले बाढी आएपछि केही समयका लागि सुरक्षित स्थानमा बस्छौँ भनेर बसेका मानिस अहिले आ–आफ्नो ठाउँमा फिर्ता गइसके तर बाढी पीडितका नाममा अन्यत्रबाट आएकाहरुले जग्गा अतिक्रमण गरेर बसेका छन् भन्नुभयो ।
मुक्त कमैया, सुकुमबासी र भूमिहिनको व्यबस्थानका लागि हामी पनि लाग्छौ भन्दै कुवंरले निस्पक्ष छानविन गरेर वास्तविक पीडितले न्याए पाउन सबै इमान्दार हुन जरुरी छ भन्नुभयो । पूर्ब योजना प्रमुख पूर्णबहादुर बिष्टले अतिक्रमणका सवालमा शुरुमै राजनीतिक दलले ध्यान नदिदा अहिलेसम्म समस्या भएको बताउनुभयो ।
‘‘पछि जग्गा नपाइन सक्छ भनेर ३ सय बिघा जग्गा कृषि वन वातावरण विश्वबिद्यालय सञ्चालन गर्न दिइएको हो’’, बिष्टले भन्नु भयो,‘‘टीकापुर बहुमुखी क्याम्पस टीकापुर विकास समितिले सञ्चालन गरेको हो । यसको जग्गा कसैले बाड्न सक्दैन ।’’ कार्यक्रम मा राजनीतिक दलका प्रतिनीधिहरुले राज्यले सुकुमबासी, भूमिहिन, मुक्त कमैयाको बास व्यबस्थापन राज्यले गर्नुपर्छ भनेपनि नीति तथा अनुसन्धानकर्ता ले चाहेको ठोस कुरा कसैले गरेनन् । बस्तीका नागरिकको भोटका लोभले दोहोरो कुरा गरे पनि यस अघि भन्दा राजनीतिक दलका नेताहरुले जग्गा दिन सक्ने कानून आधार नभएको तर्क गरेपनि निकासका कुरा भएनन् ।
भोट माग्न गएका बेला सादा कागजमा जग्गा दिन्छु भनेर हस्ताक्षर गरेपछि मात्र भोट दिन्छौँ भन्ने बस्तीका नेता र चुनाबका लागि भोटको लोभ गर्ने उम्मेदवाले हस्ताक्षर गरेका कुरा छलफलमा व्यापक उठ्यो ।
नेकपा माओवादीका केन्द्रिय सदस्य हेमराज भट्टराईले औद्योगित क्षेत्रको जग्गा पनि दुरुपयोग भएको छ, उद्योग सञ्चालन हुनुको साटो उद्योगको जग्गा प्लटिङ गरिएको बताउनु भयो । उहाँले वास्तविक भूमिहिन, सुकुम्बासी र मुक्त कमैयाको पहिचान गरेर अभिलेखिकरण गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली क्याम्पसको जग्गा खरिद बिक्री भइरहेको कुरा आयो यदि यो सत्य हो भने सोझा नागरिकलाई जग्गा किनबेच कसरी मिल्छ रु भन्ने बारेमा अनुसन्धान हुनुपर्छ भन्नु भयो ।
समाजवादीका जिल्ला अध्यक्ष बीरेन्द्र साउँदले सुकुमबासीका नाममा हुकुम्बासी पनि बसेका छन् भन्दै क्याम्पसको जग्गा ४/५ लाख रुपैयामा बिक्री गर्ने काम भइरहेको छ भन्नुभयो । उहाँले वास्तविक पीडितका लागि राजनीतिक दल पनि जिम्मेवार हुनुपर्छ । स्वबियू उपसभापति गोबिन्द भण्डारीले क्याम्पसको जग्गा खरिद बिक्री गर्नेहरुलाई संरक्षण गर्नेहरुका बारेमा अनुसन्धान हुनुपर्छ भन्दै आफ्नो बासका लागि टीकापुर बहुमुखी क्याम्पसकै जग्गा चाहिन्छ भनेर ढिपी गर्नु हुँदैन भन्नुभयो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले वास्तविक पीडित पहिचान गर्न जरुरी छ भने राजनीतिक दलले दोहोर चरित्र देखाउन बन्द गर्नुपर्छ भन्नुभयो । वडाध्यक्ष मोहन विकले
तीन चरण लगत लिने काम भएको बताउनुभयो । उहाँले ५१ सय फारम भरिएको जानकारी गराउँदै निस्सा वितरण गर्नका लागि सूचना प्रकाशित गरेपछि क्याम्पसले आफ्नो जग्गा भएको दाबी गरेको कागजात सुरक्षित राखिएको बताउनुभयो ।
कांग्रेसका क्षेत्रीय सभापति प्रकाश शाह, नेकपा एमालेका प्रदेश सदस्य मातृका तिमिलसेना, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रबिन्द्र बिष्ट, समाजवादी का दिनेश थारु, नागरिक अगुवा जग्गा अतिक्रम र बस्तीका नागरिकका बासको व्यबस्थापनका बारेमा बिचार राख्नुभएको थियो ।
कार्यक्रममा टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढबिन्द्र बहादुर रावलले क्याम्पस को अवस्था र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो । पछिल्लो समय टीकापुर बहुमुखी क्याम्पसमा कृषि बिज्ञान, बिबिए, बिए, एमएड, एमएको पढाइ भइरहेको छ । क्याम्पसमा करिब १५ सय बढी विद्यार्थी छन् ।
क्यूयूए प्राप्त उक्त क्याम्पसमा जग्गा अतिक्रमण हुँदा अन्य बिषयका पढाई हुन सकेको छैन भने पढ्दै रोजगार कार्यक्रम सञ्चालन हुन सकेको छैन । अनुसन्धानकर्ता आचार्यले छलफलबाट आएका कुरा निस्कर्ष निकालेर सरकारलाई सुझाव दिने बताउनुभयो । नीति तथा अनुसन्धान प्रतिष्ठानले १० वटा संस्थाका बारेमा अध्ययन गर्न लागेको त्यस मध्य शिक्षा क्षेत्रमा टीकापुर बुहुमखी क्याम्पस र संस्कृत विश्व विद्यालय दाङको अध्ययन गर्न लागिएको आचार्यले जानकारी गराउनुभयो ।