टीकापुर, २९ माघ/टीकापुर बहुमुखी क्याम्पसमा डिजिटल साक्षरता कार्यक्रम भएको छ । क्याम्पसद्वारा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूका लागि आयोजना भएको ३ पदने साक्षरता कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
क्याम्पसका शैक्षिक व्यवस्थापन सूचना प्रणाली समितिका संयोजक एवम् विषय विज्ञ चित्रराज उपाध्यायको संयोजकत्वमा भएको कार्यक्रममा उपाध्याय, जानकी गाउँपालिकाका सूचना प्रविधि अधिकृत जसोदा कुमारी कठरिया र नेपाल बिमा प्राधिकरणका सूचना प्रविधि सहायक निर्देशक दीपराज शर्मा र कृषि विज्ञान संकायका हेड असिस्टेन्ट महेन्द्र रावलले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख ढविन्द्र रावलले अहिलेको प्रविधि मा डिजिटल साक्षरता हरेक प्राध्यापक तथा विद्यार्थीका लागि अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै शैक्षिक व्यवस्थापन सूचना प्रणाली समितिका संयोजक एवम् विषय विज्ञ चित्रराज उपाध्यायले पहिलो चरणको तालिम सञ्चालन भएको, तालिममा आयोगकै पाढ्क्रम अनुसार प्रविधिसम्बन्धी विविध ज्ञान सिकाइएको बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थी तारा बुढाले अनलाइनबाट पनि कसरी सिकाइ विकास गर्ने भन्नेबारे जानकारी पाएको बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख आत्माराम अधिकारी र भरत कुमार तिरुवा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा डिजिटलाइजेशन फोकल पर्सन प्रेमप्रसाद भण्डारी ले कार्यक्रममा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको थियो भने संचालक शैक्षिक व्यवस्थापन सूचना प्रणाली समिति का सदस्य सचिव ूुवबहादुर रावल ले गर्नुभएको थियो ।