टीकापुर महोत्सव शुरु

टीकापुर, ५ माघ/टीकापुर महोत्सव बुधबारबाट शुरु भएको छ । टीकापुर उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव यहि माघ १५ गतेसम्म चल्ने छ ।
महोत्सवको प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठले उद्घाटन गर्नु भएको छ । महोत्सवको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले टीकापुर उद्योग बाणिज्य संघले राखेका मागमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै माग संबोधन गर्न यथासक्य पहल गर्ने बताउनुभयो ।
अर्का प्रतिनिधि सभा सदस्य लालविर चौधरीले अब भाषण गर्ने बेला नभई काम गर्ने बेला आएको बताउनुभयो ।


संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी, ललिता सुनार, संबिधान सभा सदस्य हरीलाल ज्ञवाली, टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


यस्तै टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख तपेन्द्र बहादुर रावल, टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाह, टीकापुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण प्रसाद रिमाल, नेपाली कांग्रेसका प्रकाश शाह, नेकपा एमालेका श्याम खत्री, नेकपा माओवादी केन्द्रका सुरेन्द्र देउकर, बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेली, टीकापुर बहुप्राविधिक शिक्षालयका प्रमुख पारश खड्काले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उपाध्यक्ष सन्तोष खड्काले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन संघका महासचिव नवराज रिमाल र दुर्गा जोशीले गर्नु भएको थियो ।


कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षा क्षेत्रबाट महेन्द्र सिंह वम, खेलकुद क्षेत्रबाट गजेन्द्र शाही,कला संस्कृतिबाट गणेश बहादुर साउँद, पर्यटन क्षेत्रबाट विजयराज श्रेष्ठ, कृषि क्षेत्रबाट देवीराम कोईराला, व्यावसायी क्षेत्रबाट गुमान सिंह हिमाल, स्वास्थ्य क्षेत्रबाट बलवहादुर रावल र टीकापुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष गोकर्ण प्रसाद रिमाल तथा टीकापुर नगरपालिका निर्वाचित हुनभएका मेयर, उपमेयर र टीकापुर नगरपालिका का ९ वटै वडाका वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
आयोजकले प्रत्येक पटक महोत्सव मार्फत विभिन्न किसीमका मागहरु राख्ने गरेको छ । यसपटक पनि टीकापुर हवाई मैदान सञ्चालन, यातायात कार्यालय र आयल निगमको डिपो स्थापना, केराको पकेट क्षेत्र घोषणा, औद्योगिक क्षेत्र घोषणा, चिसापानी कुइने सडक निर्माण, कर्णाली नदि व्यवस्थापन गर्न तटबन्ध गर्नु पर्ने माग राखेको छ ।


बुधबारबादेखि शुरु भएको महोत्सव १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १५० ओटा स्टल राखीएका छन् ।
महोत्सवमा स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । आज आउने कलाकाहरु सुप्रिम मल्ल ठकुरी ९बाल गायक० , हाँस्य कलाकार हेमराज अधिकारी खन्ट्या खल्लास, चर्चित देउडा गायिका माया पाण्डे, चर्चित निर्देशक तथा हाँस्य कलाकार भीम बिष्ट ९अछामी रेखा०, स्थानीय क्षेत्रका खप्तड सांस्कृतिक परिवार, सिर्जनशिल समाज, टीकापुर डान्स लगायतका विविध सांगेतिक, सांस्कृतिक क्लवहरुको बेजोड प्रस्तुती रहनेछ ।