टीकापुर र नारायणपुरमा गणेश उत्सव शुरु

टीकापुर, २३ भाद्र/टीकापुर १ ब्लक नम्बर बी मा र टीकापुर ६ को नारायणपुर चौराहामा शनिबारबाट गणेश उत्सव शुरु भएको छ । दुबै ठाउँमा शनिबार ३ बजेपछि गणेश मूर्ति थापना गरिएको हो ।
नाराणपुरमा मूर्ति स्थापना अघि स्थानीयले बाजागाजा सहित सत्ती बजार परिक्रमा गरेका थिए ।गणेश उत्सवको उद्घाटन टीकापुर नगरपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले गर्नुभएको हो । कार्यक्रम संयोजक नृपबहादुर कडायतको सभापतित्व मा कार्यक्रम भएको थियो ।


उत्सव २८ गतेसम्म चल्ने छ भने उत्सव अवधिभर साँझ भजन कृतन हुने कार्यक्रम संयोजक कडायतले बताउनुभयो ।
नारायणपुरमा अघिल्लो बर्ष पनि उत्सव कार्यक्रम भएको थियो । यता टीकापुरमा पनि गणेश मूर्ति थापना गरिएको छ । २०४८ साले देखि शुरु भएको गणेश उत्सव द्वन्द कालका केही बर्ष नभएपनि पुनः शुरु भएको हो । ११ दिनपछि असोज १ गते मूर्ति बिसर्जन हुने छ । मूर्ति भारतबाट ल्याइएको हो । दैनिक बिहान र साँझ पूजा अर्चना हुन्छ भने साँझ भजन कृतन हुन्छ ।
यस अघि साई सेवा समितिले गणेश उत्सवको आयोजना गर्ने गरेको भएपनि यस पटक आयोजक को नाम परिवर्तन गरेर टीकापुर सेवा समिति ले अयोजना गरेको हो ।
टीकापुर नगरपालिकाको सहयोग र स्थानीयबाट सहयोग लिएर कार्यक्रमको आयोजना गरेको आयोजकका सल्लाहाकार राजेश सुनारले बताउनुभयो । गणेश उत्सव मा सबैको सहयोग र सहभागिको अपेक्षा गरेको भन्दै बर्षौ देखि धानेको परम्पराले एकताको भावना जगाउने सुनारले बताउनुभयो । ‘‘बिगत देखिको निरन्तरता हो , यस पटक पनि भव्य कार्यक्रम हुन्छ भन्ने बिश्वास छ ,’’ सुनारले भन्नुभयो ,‘‘ नित्य पूजा पाठ हुन्छ भने भजन कृतन पनि हुन्छ ।’’