टीकापुर सामुदायिक पुस्तकालयको भवन उद्घाटन

टीकापुर, ९ भाद्र/टीकापुर सामुदायिक पुस्तकालयको नौ कोठे भवन निर्माण भएको छ । टीकापुर नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार लगायत को ३१ लाखको लागतमा बनेको भवनको बुधबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रणबहादुर रावलले उद्घाटन गर्नु भयो ।
भवन उद्घाटन गर्दै मन्त्री रावलले पुस्तकालय शैक्षिक नगरको सूचक र नगरको गहना भएकाले यसको सञ्चालनमा सहयोगमा सहयोग पुगोस भनेर प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गरेको बताउनु     भयो ।

उहाँले पुस्तकालयलाई प्रविधिसंग जोडेर ई–लाइब्रेरीका रुपमा विकास गर्न र किताबी ज्ञानका साथै बहुउद्देशीय हिसाव ले प्रयोगमा ल्याउन पनि सुझाव पनि दिनु भयो ।

पुस्तकालयलाई सञ्चालन गर्न चार जना कर्मचारीे भएपनि आफ्नै आयस्रोत नभएकाले पारिश्रमिकको समस्या भैरहेकोमा बनेका सबै सटरहरु भाडामा लगाउन सकिए पुस्तकालयको सञ्चालन खर्च जुटाउन सहज हुन पुस्तकालयका अध्यक्ष लोकबहादुर खडकाको भनाई छ ।
भवन बनाउन टीकापुर नगरपालिकालको १५ लाख ५० हजार, प्रदेश सरकारबाट १३ लाख ५१ हजार र रिड नेपालको दुई लाख लगानी भएको छ । २०६४ सालमा स्थापना भएको पुस्तकालयको रिड नेपालको सहयोगमा बनेको भवनमा पुस्तकालय सञ्चालन मा छ । त्यहाँ करीब ११ हजार पुस्तक रहेका छन् ।
पुस्तकालयका सचिव कण्ठराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष ताराप्रसाद जोशीले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटनमा शास्त्री टीकाराम आर्यले स्वस्ति वाचन गर्नु भएको थियो ।