टीकापुर १ को सार्वजनिक सुनुवाई कार्यक्रम

टीकापुर, २२ असार/टीकापुर नगरपालिका वडा न. १ को आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सनिबार  सम्पन्न भएको छ । कार्यक्रममा वडाले वर्ष भरी गरेका सेवा प्रभाव र विकास निर्माणका बारेमा नागरिकलाई जानकारी गराएको छ । कार्यक्रम मा सहभागिले प्रश्न, गुनासा, सुझाव दिएका थिए  । कार्यक्रममा पुर्णप्रसाद रेग्मीले गत वर्ष वडा भेलाबाट छनोट भई आएका योजनाहरु र वडाको प्रगति सार्वजनिक गर्न माग गर्नुभयो । सुमन न्यौपानेले वडाले कृर्षिमा छुट्याएको वजेट कार्यान्वयन नहुनु दुखको कुरा हो भन्दै  बस्ती स्तरबाट छनोट भई आएका योजना किन काटिन्छन् भनि प्रश्न गर्नुभयो ।
कर्णाली मावि टीकापुरकी छात्रा माण्डवी विष्टले विद्यार्थिले पोशाक लगायर विद्यालय जाँदैमा सबै कुरा पुरा नहुने बताउँदै गुणस्तर वृद्धि गर्न र अतिरिक्त क्रियाकलाप संचालन गर्न वडा कार्यालयले पनि भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।
समाजसेवी लोकबहादुर बुढा क्षेत्रीले सरकारले व्यक्तिसंग मात्र कर उठाउने तर सरकारी भवनहरु को कर किन उठाउदैन भनि प्रश्न गर्नु भयो ।
 नागरिक समाजका भिमराम चंपाईले कार्यक्रममा अन्य जनप्रतिनिधीहरु पनि उपस्थित हुनु पर्ने बताउनु भएको छ । उहांले स्थानिय सरकारले जता ततै पिच, ग्रावेल,माटो पटानी गर्नु भन्दा बाटोको वर्गिकरण गर्न सुझाव दिनुभयो ।
चपाईले  टीकापुर वडा नम्बर १ लाई  विभाजन गर्न भन्दा जनशक्ति थप गरेर सेवा चुस्त बनाउनु पर्ने धारणा राख्नु भएको थियो साथै उहाँले टीकापुर, जानकी र लम्कीलाई मिलान गरी उपमहा नगरपालिका बनाउन पहल गर्नु पर्ने सुझाव राख्नु भएको छ ।
कार्यक्रममा खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशर रावल, टीकापुर नगरपालिका वडा। १ का पूर्व अध्यक्ष गंगाराम आचार्य,नेपाली कांग्रेसका वडा सभापति चक्र बटाला, नागरिक उन्मुक्ती पार्टीका गोपाल थापा लगायतले सुझाव दिनु भएको थियो ।
कार्यक्रममा वडा सचिव ताराविक्रम रानाले वडाले वर्ष भरी गरेका कार्य र सेवाका बारेमा नागरिकलाई जानकारी दिनु भएको थियो ।
कार्यक्रममा उठेका नागरिकका प्रश्न, सुझाव र गुनासाको जवाफ वडा अध्यक्ष मोहन विकले दिनु भएको थियो ।
वडाध्यक्ष  विकले आगामी दिन मा नागरिकबाट आएका सुझाव,सल्लाह र गुनासालाई सके सम्म सम्बोधन गर्दै जाने प्रतिवद्धता जनाउनु भएको छ ।
उहांले  वस्ती स्तरबाट  पास भएर आएका योजनालाई सार्वजनिक ठाउमा टास्ने र आगमी दिनमा सडक निर्माण भन्दा ढल निकासको व्यवस्थालाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा ३५ जना सहभागिले प्रश्न, सुझाव र गुनासा राखेको थिए ।