टीकापुर, २३ असार/टीकापुर नगरपालिका वडा न.१ ले चालु आर्थिक वर्ष २०८१ र०८२ मा १७ हजार ३ सय २४ वटा सिफारिस गरेको जनाएको छ । शनिबार सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका सचिब तारा बिक्रम रानाले बार्षिक प्रगति बारे जानकारी गराउने क्रममा यो तथ्याङ्क जानकारी गराउनु भएको हो । यसरी गरिएका सिफारिस मध्य सबैभन्दा बढी अंग्रेजी सिफारिस प्रमाणित ४ हजार १०३ रहेको छ । यो सिफारिस अधिकांश बिदेश जानका लागि प्रयोग हुने कागजात हुन् । २ हजार २ १३ वटा चार किल्लाको प्रमाणित छन् भने १ हजार ८४७ वटा नागरिकताको सिफारिस छन् । अन्य सिफारिस ३ हजार ४४० छन् । संगोलको सिफारिस ४२२ र नाता प्रमाणित १६२ वटा रहेका छन् ।
वडाले चालु र्आिथक वर्षमा ३ करोड ११ लाख ७३ हजार ५ सय ६६ रुपैया राजस्व संकलन गरेको छ ।

वडाले सम्पत्ति करबाट १ करोड ८४ लाख ४६ हजार संकलन गरेको छ भने बहाल करबाट ५६ लाख ३५ हजार ८ सय रुपैया संकलन गरेको छ ।
बिभिन्न सिफारिस शुल्क वापत ३० लाख ४४ हजार ४ सय रुपैया सकंलन भएको छ भने व्यक्तिगत घटना दर्ता वापत ४ लाख १९ हजार सकंलन भएको छ । व्ययशाय रजिस्टेूशनबाट १७ लाख ४२ हजार कर सकंलन भएको छ भने व्यवशाय करबाट ८ लाख ८१ हजार ३ सय कर संकलन भएको छ । नाता प्रमाणितबाट १ लाख ९४ हजार, अन्य करबाट ७ लाख ७९ हजार राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा वडा कार्यालयले आर्थिक विकास कार्यक्रम अन्तर्गत २४ वटा कार्यक्रम मध्ये १९ वटा कार्यक्रम सम्पन्न गरेको जनाएको छ । पूर्वाधार तर्फ १ वटा कार्यक्रम बांकी छ । सामाजिक विकास कार्यक्रम अन्र्तगत सबै काम सम्पन्न भइसकेका छन् भने वन तथा वातावरण अन्तर्गत र संस्थागत तर्फका सबैकाम सम्पन्न भइसकेको सचिव रानाले जानकारी दिनुभयो ।
घटना दर्ता अन्तर्गत ७३९ वटा घटना दर्ता, ३६२ वटा विवाह दर्ता,२०७ वटा मृत्यु दर्ता र ३१ वटा सम्बन्ध विच्छेद दर्ता भएका छन् । वडामा ५५५ जना बसाइ सराई गरी आएका छन् भने ८२ जना अन्यत्र गएका छन् ।
वडा नम्बर १ मा अहिले ३ हजार ८३९ जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । वडाले चालु आर्थिक वर्षमा १४ करोड ३४ लाख ९६ हजार ५ सय ४७ रुपैया सामाजिक सुरक्षा भत्तामा खर्च गरेको जनाएको छ ।

वडामा रहेका योजनाको प्रगति प्रतिवेदन प्राविधीक गम्भीरसिंह साउदले प्रस्तुत गर्नु भएको थियो । चालु आर्थिक वर्षमा वडा ले ६४ वटा योजना संचालन गरेको थियो ती मध्य ५३ वटा योजना सम्पन्न भइसकेको र बांकी योजनाहरु पनि असार भित्रै सम्पन्न हुने अवस्थामा रहेको साउँदले जानकारी गराउँनुभयो ।
योजना संचालन गर्न वडाले १ करोड ४१ लाख ८६ हजार ७ सय रुपैया विनियोजन गरेकोमा १ करोड १८ लाख ८१ हजार ७ सय ४२ रुपैया खर्च भइसकेको छ । वडाले चालु आर्थिक वर्षमा २१ वटा योजना उपभोक्ता मार्फत, १० वटा टोल विकास संस्था मार्फत,२५ वटा योजना विद्यालय, मन्दिर व्यवस्थापन समिति मार्फत सम्पन्न भएका छन् ।
त्यसै गरी चालु आर्थिक वर्षमा ५ किमी सडक ग्रावेल गरिएको छ भने साढे ५ किलोमिटर सडक मर्मत र माटो पटानी, घेरा पर्खाल, घेरबार, ट्रस मर्मत तथा निर्माणका काम पनि सम्पन्न भएको साउदले जानकारी गराउनुभयो ।
टीकापुर नगरपालिका वडा न।१ को सार्वजनिक सुनुवाई कार्यक्रममा टीकापुरका विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले जनताको आवश्यकतालाई मध्यनजरी गरी जनचांसोका कार्यक्रम गर्न सुुझाव दिएका छन् । शनिबार सम्पन्न टीकापुर नगरपालिका वडा न।१ को सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो सुुझाव दिएका हुन् ।
कार्यक्रममा नेपाली काग्रेसका चक्र वटालाले टीकापुरमा रहेको घण्टा घरको सदुपयोग गर्न सुुझाव दिंदै एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थिलाई पुुरस्कृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यक्रममा वडाका अन्य कर्मचारी र जनप्रतिनिधीहरु उपस्थित उपस्थित नभएको भन्दै आक्रोस पोख्नुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रका प्रकाश टमट्टाले वडाले जनताको मन जितेर काम गरेकाले धन्यबाद दिदै राम्रो कामका लागी सधैं पार्टीको सहयोेग रहने बताउनुभयो । उहांले शिविर क्षेत्रका बाटोमा खाल्डाखुल्डी पुरी हिड्न सहज बनाई दिन अनुरोध गर्नु भयो ।
नागरिक उन्मुक्ती पार्टीका गोपाल थापाले सडक पिच, ग्रावेल र माटो पटानी गर्नु भन्दा पहिले ढल निकासको कार्यलाई जोड दिन आग्रह गर्नुभएको उहांले सडक किनारामा बस्तु भाउ बाध्नेलाई कडा कारवाहि गर्नुपर्ने र विककास निर्माणका योजनाहरु जेठ महिना भित्रै सम्पन्न गर्नुपर्ने निति बनाउन सुुझाव दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन बहादुर शाहीले शिविर तिरको बाटोमा दैनिक सयौं गाडी मोटर र मानिस आउजाउ गर्ने भएकाले त्याहांको बाटोमा सास्ती हुने हुंदा बाटो मर्मत गर्न सुुझाव दिनुु भएको छ ।