टीकापुर, ८ भाद्र/सँस्कृती पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुण चौधरीले टीकापुर एयरपोर्ट संचालनमा ल्याउने बताउनुभयो ।
टेकबहादुर साउँँद स्मृति केन्द्रको नवौ वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथी राज्यमन्त्री चौधरीले टीकापुर एयरर्पोटको लम्बाई विस्तार गरि संचालनमा ल्याइने बताउनुभयो ।
उहाँले टीकापुर क्षेत्रलाई व्यवसायिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुले पहल गर्ने र टीकापुरको टेक बहादुर साउँद स्मृति केन्द्रलाई सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य लालबिर चौधरीले टीकापुरको विकासका लागि एक भएर जानुपर्ने यसका लागि स्थानीय सरकारको जिम्मेवारी महत्वपूर्ण रहेको बताउनुभयो ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालबिर चौधरीले दिगो शान्ति र सुशासन का लागि आफुहरुले काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नगर सचिव भानुभक्त जैसी, जनता समाजवादी पार्टीका विरेन्द्र साउँदले बोल्नुभएको थियो भने कार्यक्रम संचालन सचिव बिरबहादुर चौधरीले गर्नु भएको थियो ।
स्मृति केन्द्रका अध्यक्ष जंगबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश ओझाले गर्नुभएको थियो ।
कार्यक्रममा स्मृति केन्द्रले असारमा संचालन गरेको व्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीले पुरस्कार वापतको रकमबाट केन्द्रलाई ५ हजार नगद सहयोग हस्तान्तरण गरेका थिए भने टेक बहादुुर साउँदका प्रतिमामा माल्यार्पण गरिएको थियो ।