टोपी र दौरा सुरुवाल पनि लुकाउनु पर्ने

सम्पादकीय
दुर्गा प्रसाईको आन्दोलनमा सहभागी भएका नागरिक माथि प्रहरीले निर्मम व्यबहार देखाएको छ । प्रहरीले देखाएको व्यबहार गणतन्त्रमा सुहाउने व्यबहार होइन । कार्यक्रममा सहभागि हुन गएका हुन् या सडकमा रमिता हेर्न गएका हुन् प्रहरीले नागरिकलाई बलमिच्याई गर्नु कानुन विपरित हो । कानून हातमा लिएर गणतन्त्र बलियो हुन सक्दैन । गणतन्त्र बलियो बनाउन बर्षाैदेखि थुप्रिएका विकृतीलाई रोक्न जरुरी छ । नागरिकका समस्या पहिचान गरेर निकास दिन जरुरी छ । नागरिक का लागि काम गर्नुपर्ने सरकारले नितान्त आफु र आफ्ना लागि काम गर्छन् । चरम वेथिती भएका बेला दुर्गा प्रसाईले नागरिकको आवाज उठाएका छन् । नागरिकका आवाज उठाएपछि दुर्गा प्रसाईको पछि जनता लाग्नु स्वभाविकै हो । सत्तामा बसेका बेला आज प्रसाईलाई कमजोर ठान्नेहरुले प्रहरीलाई दमन गर्न अहएका छन् । सरकारले शान्ति सुरक्षाका नाममा निहत्था जनतामाथि बर्बरता देखाएको छ । टोपी र दौरा सुरुवाला लगाएका नागरिक देख्ने बित्तिकै प्रहरीले दुव्र्यबहार गरेको छ । नेपाली पोशाकमा शान्तिपूर्ण कार्यक्रममा सहभागीलाई प्रहरीले अपमान गर्नु गलत हो । बन्दुको आडमा निहत्था नागरिकलाई दमन गर्नु कायरपन हो । सत्तामा बर्षाै बसेर नागरिकको आन्तिपूर्ण आन्दोलनसंग डराउने कायरहरु ले सत्ता छाड्दा राम्रो हुन्छ । एकातिर कायरपन पनि देखाउने अर्काे तर्फ हुंकार देखाएर यसो गर्छाै उसो गर्छाै भनेर गर्जन गर्ने यो तरिकालाई नागरिकले कसरी बुझ्ने ? नागरिक दिक्क भएर काठमाण्डौमा गएका हुन् र जाडोको समयमा दुख बेहोर्न कसलाई रहर हुन्छ ? नागरिकको आन्दोलनलाई शिक्षाको रुपमा लिएर काम गर्नुको साटो नागरिकमाथि बर्बरता देखाएर तर्साउन खोज्नु सत्ताको दम्भ       हो । यही शैलाीमा यो दम्भ धेरै दिन टिक्दैन । नागरिक सेचत हुन जरुरी छ । पार्टी र बिचार आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा हो । विचार मार्न हुदैन तर राजनीतिक दलका नेताहरुले गर्दै आएको व्यबहार नितान्त गलत छ । यो प्रबृत्ति सुधार्न जनता एक भएर अघि बढ्न जरुरी छ ।