ठगहरुकै स्वर ठूलो

सम्पादकीय
नेपाली समाजमा ठगहरुकै ठूलो स्वर सुन्न पाइन्छ । गृह मन्त्री रबी लामिछाने सहकारीमा मुछिएको प्रष्ट छ । कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रमाण सहित पत्रकार सम्मेलन गरेका छन् । सहकारीमा आम नागरिकको अर्बाै रुपैया डुबेको छ । सर्बसाधारण जनताको अर्बाै रुपैया ठगिनु सामान्य होइन । सहकारी मार्फत ठूलो बद्मासि भएको छ । यस्तो बद्मासि भएको घटनालाई सामसुम पार्न खोज्नु भनेको अराजकतालाई प्रोत्साहन गर्नु हो । सबै ठगहरु मिलेर देश र जनता लुट्ने काम भइरहेको छ । ठूला ठगहरुले बद्मासि गरेपछि प्रहरी र अन्य निकायले के गर्न सक्छन् ? स्थानीयस्तरमा होस् या केन्द्र , उसको हैसियत अनुसार ठगीमा संलग्न भए पछि नागरिक यतिखेर सामाजिक कार्यकर्ता सबै ठग हुन् भनेर भन्न थालेका छन् । ठग्ने केही निश्चित व्यक्ति छन् । संघ संस्थामा बसेर संस्थाको दोहन गर्ने हुन् या जनप्रतिनीधि भएर कर लुट्नेहरु हुन् यिनीहरुको स्वर ठूलै हुन्छ । आम नागरिक लाई बोल्न नदिने दिनभरी बोले वापत लुट्ने गर्छन् । ठगहरुका बिरुद्ध नागरिक एकजुट नहुँदा पनि समस्या भएको हो । जो ठगियो ठगियो अर्काे बोल्दैन । यही प्रबृत्तिका कारण ठगहरुको मनोबल बढ्दै गएको छ । राजनीतिक दलको आडमा ठगहरुको मनोबल बढ्दै गएको छ । जनतालाई ठग्ने अनी पार्टीको आडमा संरक्षण हुने भएपछि किन व्यापार व्यबसाय र रोजगारी गर्नुप¥यो । काम नगरे सानले खान लाउन पुग्ने हो भने अरुलाई किन पुग्दैन । कसैलाई दिनभरी काम गर्दा औषधि उपचार गर्न सकस हुने कसैलाई काम नै नगरी महगां अस्पतालमा उपचार गर्न    पुग्ने । आम नागरिकलाई आधारभुत आवश्यक्ता पूर्ती गर्न सकस छ तर काम नगर्ने कथित समाजसेवीलाई पुग्ने कसरी हुन्छ ? काम नगरेर समाजसेवा कसरी गर्न सकिन्छ ? तसर्थ जनता सचेत हुन जरुरी छ । जनता ठग्न पल्केका कथित समाजसेवीहरुलाई समाजबाट बहिस्कार नगर्दासम्म समस्या रहिरहन्छ ।