टीकापुर, २८ फागुन/नेपाली कांग्रेसका जिल्ला सदस्य शेरबहादुर साउँदले तटबन्ध निर्माण का लागि पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउनुभएको छ ।
सोमवार धनगढी आउनु भएका पूर्ब प्रधानमन्त्री देउवालई साउँदले तटबन्ध निर्माणका लागि ज्ञापन पत्र बुझाउनुभएको हो । टीकापुर ५,६ ७ र ८ का बस्ती जोखिममा भएको भन्दै साउँदले यथासिघ्र तटबन्ध गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको बताउनुभयो ।
ज्ञापन पत्रमा स्थानीय , प्रदेश र संघिय सरकारसंग तटबन्धका बारेमा पटक पटक माग राखे पनि सुनुवाई नभएको बताइएको छ ।

यसै गरी कर्णाली र मोहना नदीले पछिल्लो समय पु¥याउँदै आएको क्षतिका बारेमा सरकारी निकाय जिम्मेवार नभए पछि पूर्ब प्रधान मन्त्रीलाई गुहार्नु परेको साउँदको भनाई छ ।
ज्ञापन पत्र बुझाउन जिल्ला सदस्य माहन्त साउँद र नेपाली कांग्रेस सुदुरपश्चिमका बिभागिय सदस्य शंकर बिक पनि संगै रहनुभएको थियो । हिउँदमा कटान हुँदा समेत राज्य जिम्मेवार नभएको जिल्ला सदस्य साउँदले बताउनुभयो । उहाँले पूर्ब प्रधान मन्त्रीले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई खर्च कति लाग्छ भन्दै सोध्नुभएको र गम्भिरताका साथ लिन निर्देशन दिनुभएको बताउनुभयो ।
उहाँले मुख्यमन्त्री र माननीय लाई समेत स्थलगत अनुगमन गराएको भएपनि बर्षाद आउन लाग्दा पनि तटबन्ध निर्माणको सुरसार नभएको बताउनु भयो । कर्णाली र मोहना नदीले कटान गरिरहेको ठाउँमा तटबन्ध नभए हजारौ नागरिक यस पटक बाढीको चपेटामा पर्ने त्रास छ । बर्षा आउनै लाग्दा बाढी पस्ने खतरा भएको भन्दै स्थानीय त्रासमा छन् ।