तीन दिन चल्ने टीकापुर साहित्य महोत्सव शुरु, साहित्यको नेपाली राजनीतिक क्रान्तिमा पनि योगदान छः मन्त्री खडका

टीकापुर,२४ फागुन/सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री मेघराज खडकाले साहित्यले समाजको कथा व्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताउनु भएको छ ।

टीकापुर साहित्य सम्मेलनको उद्घाटनमा शनिबार टीकापुरमा बोल्दै मन्त्री खड्काले साहित्य समाजको ऐना भएकाले समाजको यथार्थ बोल्दा त्यसबाट समाज रुपान्तरण हुने बताउनुभयो ।

‘टीकापुर योजनावद्ध सहर हो एक समय शैक्षिक केन्द्रका रुपमा थियो अब यसलाई साहित्यिक गतिविधिले पुनर्जागरण ल्याउनुपर्छ’ मन्त्री खडकाले भन्नुभयो, ‘साहित्यिक गतिविधिले मोवाइल आएपछि त्यसैमा झुम्मिने घोप्टेयुगमा प्रवेश गरेका युवा तथा बालबालिकामा पठन सँस्कृतिको विकास होस ।’


सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरमा भएको साहित्य सम्मेलनले यहाँको खस र थारु भाषा र पहिचानको प्रवद्र्धन हुने र साहित्यिक यात्रामा युवा पुस्ताको सहभागिता बढ्ने अपेक्षा गर्नुभयो । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले प्रदशेका सबै ज्लिलामा साहित्य र संस्कृतिको प्रसार गरिने बताउनुभयो ।
आयोजक संस्था टीकापुर साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहले रङहरुको मौसम फागुनमा देशभर नौ वटा साहित्यिक सम्मेलन भैरहेका र साहित्य पनि ग्लामर क्षेत्रको रुपमा विकास भैरहेको बताउनुभयो । उहाँले देशका मुर्धन्य साहित्यकारहरुको उपस्थितिमा भैरहेको टीकापुर साहित्य महोत्सवको ‘ब्राण्ड भ्याल्यू’ बढेको र पाँचौ संस्करणसम्म पुग्दा अन्तराष्ट्रिय मापदण्डमा पु¥याउने बताउनुभयो । पहिलो दिन २०७२ सालमा भएको हिंसात्मक घटनापछि टीकापुर सहर मानिसहरुको रोजाइमा पर्न छोडेको छ । नयाँ मानिस नआउने र पहिले बसेकाहरु पलायन हुँदा सहरी विकास हुन सकेको छैन् यही चिन्ताका बिच साहित्यमार्फत सामाजिक सद्भाव भन्ने नाराका साथ टीकापुर साहित्य महोत्सव भैरहेको छ । महोत्सवमा प्राध्यापक डाक्टर अभी सुवेदी, राजनीतिशास्त्री हरि शर्माको प्रवचन हुनेछ । कार्यक्रममा लेखन, कविता, उपन्यास, विकास, संस्कृति आख्यान, कला नाटकका क्षेत्रमा १८ वटा सत्र चल्नेछन् । यसमा पहलमा सिंह स्वाँर साहित्य विशेष सत्र पनि रहेका छन् । फागुन २४ देखि २६ गतेसम्म १८ वटा सत्र चल्ने यो टीकापुर महोत्सवको दोस्रो संस्करण हो ।
चार जनालाई सम्मान
महोत्सवको उद्घाटन सत्रमा टीकापुरको पहिलो आवासीय विद्यालय वीरेन्द्र विद्या मन्दिर माविका पूर्व प्राचार्य तथा साहित्यकार धनञ्जय तिमिल्सिना र पहिलो शिक्षक बलबहादुर रावललाई एक लाख राशीको खड्ग स्मृति साहित्य पुरस्कार प्रदान गरिएको छ । यस्तै ५० हजार राशीको टीकापुर साहित्य प्रतिभा पुरस्कार मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझा र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी अमित चौधरीलाई २५ हजार राशीको जेहेन्दार विद्यार्थी पुरस्कार प्रदान गरिएको छ ।

पहिलो दिन ६ वटा सत्र भएका छन । सुुरुको सत्रमा समाज, परिवर्तन र साहित्यका बारेमा हरि शर्माले प्रबचन दिनुुभएको थियो । ‘अभि सरका कुरा ’प्रा.डाक्टर अभि सुुवेदीले बिचार प्रदान गर्नुुभएको थियो । यसै गरी नेपाली साहित्यको विकासमा पहलमानसिंह स्वाँरको योगदान र उनको कृतित्वका बारेमा साहित्यकार ईश्वरी स्वाँर ,ज्ञानुु अधिकारी र डाक्टर टिएन जोशीले चर्चा गर्नुुभएको थियो यसमा बरिष्ट पत्रकार मनमोहन स्वाँरले सहजकर्ताको भूमिका निभाउनुुभएको थियो । यस्तो अर्काे सत्रमा नेपाली उपन्यासमा पात्र निर्माण बारे साहित्यकार नारायण ढकाल, केशब दहाल र सरस्वती प्रतीक्षाले चर्चा गर्नुुभएको थियो भने सगुुना शाहले सहजकर्ताको भूमिका निभाउनुुभएको थियो । यात्र साहित्य ःबृतान्त कि अनुुभूति का बारेमा बिन्दु सुुबेदी ,युुवराज नयाँघरे र प्रतीक ढकालले चर्चा गर्नुुभएको थियो भने सहजकर्ताको भूमिका रञ्जना निरौलाले गर्नुुभएको थियो ।