गणेश क्षेत्री
टीकापुर, २१ चैत/दिगो बिकास परियोजनाको जलबायु अनुकूल कृषक पाठशालाको १६ हप्ते तालिम टीकापुर नगरपालिका वडा नं। ७ मा सप्पन्न भएको छ ।
डाँडाबोझि कृषक पाठशाला को अध्यक्ष मायाँ चौधरीको सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि टीकापुर नगरपालिका वडान ७ का सदस्य तथा कार्यपालिका सदस्य कैलासपति चौधरी रहनुभएको थियो । विशिष्ट अतिथिमा दिगो बिकास समाज भजनिका अध्यक्ष राम बहादुर सुनार र वडा नं। ७ का सदस्य राजकुमार चौधरी रहनु भएको थियो ।
प्रमुख अतिथि चौधरीले भान्साको अपरिहार्य भात र त्यस पछिको तरकारी को विशिष्ट महत्व भएको र अझै आग्रनिक तरकारी भएमा सुनमा सुगन्ध हुने बताउनुभयो ।
चौधरीले दिगो बिकासको जलबायु अनुकुल कृषक पाठशाला ले मौसम अनुसारको तरकारी खेति र बिसादि मुक्त खेति गर्ने तरिकाले स्वस्थ गाउँ र स्वस्थ सरिर सङ्गै आर्थिक आयआर्जन हुने बताउनुभयो ।
विशिष्ट अतिथि रामबहादुर सुनार ले धेरै जसो रोगहरु त किटनाशक औषधिको प्रयोग गरेको सागसब्जि को प्रयोगले हुने गरेकोले रोगमुक्त हुनको लागि बिषादि मुक्त तरकारी सबैले खानुपर्ने र तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्नुपर्ने बताउनुभयो ।
अर्का विशिष्ट अतिथि राजकुमार चौधरीले सिकेको सिपलाइ ब्यवसायिक रुपमा लगेमा आर्थिक स्तर उकासिने बताउनुभयो ।
परियोजना अधिकृत बिनोद शाहले तरकारी खेति प्राङ्गारिक मल र जैबिक तरिकाबाट गरि जमिन तथा बाताबरणलाई जोगाउनु पर्ने बताउनुभयो । रासायनिक मलले जमिनको उर्बरा सक्ति समेत घटेकोले कृषक हरु सचेत हुनुपर्ने शाहले बताउनुभयो ।
टोल स्योजक टंक ठकुल्लाले दिगो बिकासले जलबायु अनुकूल कृषक पाठशाला सन्चालन गरेर मौसम अनुकूल तरकारी खेति गर्ने तरिका र बिषादिको प्रयोग ले हुने रोगहरुको बारेमा जानकारि गराएर सबैलाइ सचेत गराएको बताउनु भयो । १६ हप्ते तालिममा २० जना महिलाले सहभागीता जनाएका थिय । कार्यक्रमको संचालन वडा सदस्य अभिमन्यु चौधरीले गर्नुभएको कार्यक्रमको स्वागत बढघर चेतराम चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा समुहका सदस्यहरुले नृत्य का साथै नाटक को माध्यम बाट तरकारी खेति गर्दा गर्नुपर्ने सिपलाइ प्रस्तुत गरेका थिए । तालिमको प्रशिक्षक बासमति चौधरी रहनुभएको थियो ।