दुई दिने थारु सांस्कृतिक तथा माघि मिलन कार्यक्रम

गणेश क्षेत्री
टीकापुर, १७ माघ/नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद ले टीकापुर–८ धनसिंहपुर  बटनपुरमा दुई दिने थारु सांस्कृतिक तथा माघि मिलन कार्यक्रम गरेको छ ।
जनजाति महासंघका वडा नं. ८ का अध्यक्ष जितराम चौधरी को सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका का मेयर रामलाल डगौरा रहनु भएको थियो ।
 प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंरा थारुले टीकापुर देशकै सम्भावना  बोकेको ठाउँ भएकोले यो क्षेत्रको बिकाश गर्न पार्टीगत र जातियता को कुरालाई थाति राखेर बिकाश निर्माण मा लाग्नुपर्ने बताउनुभयो ।
मेयर थारुले  टीकापुर पार्क, विभिन्न सांस्कृतिक, भेषभुषाले, पर्यटन प्रबद्र्धनमा सहायोग गर्ने र विकासमा सहयोग गर्ने बताउनु भयो । उहाँले समय परिवर्तन सगै नयाँ पुस्ताको भबिस्य निर्माणमा लाग्नुपर्ने बाताउनुभयो।  समुदायमा  झगडा  गरेर समाज नबन्ने भएकाले प्रतिस्पर्धा गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बरको ८ का वडा अध्यक्ष दिर्घ ठकुल्लाले टुक्रे राजिनतीले समाज नबन्ने भएकाले अबका दिनमा जातिय, क्षेत्रिय राजनिति गर्न नहुने बताउनुभयो। उहाले स्थानिय सरकारले सबै जाति समुदायलाई समेटेर माघि मिलन, घांसे मेला जस्ता कार्यक्रम गरेको बताउनुभयो ।
वडा नं.४ का अध्यक्ष लालबिर चौधरीले पहिला नेपालि र त्यसपछि मात्रै बिभिन्न जातजाति भएर हेर्नुपर्ने बताउनुभयो ।
वडा नं.६ का अध्यक्ष यज्ञप्रसाद न्यौपानेले थारु कला र संस्कृतिको जगेर्ना राज्यले गर्नुपर्ने बताउनु भयो ।
  कार्यक्रममा वडानं.९ का वडा अध्यक्ष लौटन चौधरीले टीकापुर नगरपालिकामा बसोबास  गर्ने सम्पुर्ण समुदायलाई सांस्कृतिक कार्यक्रमले एउटै ठाउँमा ल्याउन सहयोग गरेको बाताउनुभायो ।   कार्यक्रम नेपाल आदिबासी जनजाती महासंघ वडा समन्वय समिति परिषद  ८ नम्बर वडा अध्यक्ष जितराम चौधरी ले सबै समुदाय एक आपसमा मिलेर बसेमा आपसि सद्भाब कायम हुने र बिकाश निर्माण द्रुत गतिमा बढ्ने बताउदै माघि मिलन तथा थारु सास्कृतिक कार्यक्रम मा सबै समुदाय, ब्यापारी,संघ सस्थाको सहयोग रहेको बताउनुभयो ।
कार्यक्रममा  कांग्रेस नेता शेरबहादुर साउद, नेकाप एमाले नेता मिनबहादुर कठायत, नेकपा माओवादिका नगर अध्यक्ष धनसिंह साउद लगाएतले बोल्नुभएको थियोे ।
कार्यक्रममा थारु भेषभुसामा सजिएका कलाकारहरुले  आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
आज १७ गते थारु राष्ट्रिय कलाकारको साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ ।