देखासिखीको राजनीति

सम्पादकीय
नेपाली कांग्रेसमा बीपी र अन्य नेताहरुको नाम भजाएर राजनीति गर्ने गरिएको      छ । बीपी र अन्य नेताहरुले गरेको कठोर त्याग र तपस्याका कुरा अहिलेका पुस्ताले बुझ्दैनन् । कांग्रेस त्यसै यो अवस्थामा पुगेको हो झै अहिलेका युवाहरुले बुझ्ने गरेका छन् । त्यति मात्र होइन पछिल्लो समय व्यापारी मानसिकता भएकाहरु त पार्टीमा अवसर पाउनका लागि साम दाम र दण्ड हुनैपर्छ भन्ने व्याख्या गर्न थालेका छन् । यस्तो व्याख्या गर्नेहरु पार्टीमा हाबी भएपछि निष्ठावान कार्यक्रर्ता पछि पर्नु स्वभाविकै हो । भ्रष्ट र माफियाको राज एकछिन चल्ने हो जनताले कुरा बुझेपछि अवस्था नाजुक हुने निश्चित हो । यस्तै हालत नेकपा एमाले र माओवादीको छ । यी दुई पार्टीमा पनि कांग्रेसकै जस्तो सोच भएकाहरु हाबी हुन थालेका छन् । यसरी नेपालका तीन ठूला पार्टीमा बिकृती बढ्दै गएपछि स्वतन्त्र र राप्रपाप्रति नागरिकको बिश्वास बढ्न थालेको छ । ठूला पार्टीमा देखिएको बिकृती कै कारण रास्वपा र राप्रपाले २०७९ को निर्बाचनमा मत पाएको हुन् । रास्वपा निर्माण गर्ने रबी लामिछाने र राप्रपाका ज्ञानेन्द्र शाही को दोस्रो जुनी हो । बिकृतीका बिरुद्ध आवाज उठाउँदा उनीहरुमाथि ठूलो प्रहार भयो । राज्य नै उनीहरुमाथि दमनमा उत्रियो । बिकृतीमा रमाउन बानी परेकाहरुलाई रबी र ज्ञानेन्द्रको आवाज मन पर्ने कुरै भएन । ठूलो संघर्षबाट रबी र ज्ञानेन्द्र जनताका प्यारा भएका हुन् । तर यही पार्टीमा पनि समस्या देखिन थालेको छ । बीपी र मदन भण्डारी भजाएर जसरी कांग्रेस र एमालेका पछिल्लो पुस्ताले मोज गर्ने सपना देखिरहेकाछन् त्यसैगरी रास्वपा र राप्रपाका कतिपय कार्यकर्ताहरु मीठो सपनामा डुबेका छन् । रबी र ज्ञानेन्द्रले प्रचार गरिदिएपछि निर्बाचन जित्न सकन्छि भन्ने सोचमा छन् । स्थानीय स्तरमा देखिएका बिकृतीका बारेमा चुइक्क आवाज नउठाउनेहरु पछिल्लो समय रास्वपाको सदस्यता लिएकै भरमा उनीहरुको भिड जम्मा हुन्छ भन्ने सोचमा डुबेका छन् । स्थानीय स्तरमा राम्रो काम गर्नका लागि त्यही खालको कार्यक्रम तय गर्न जरुरी छ । स्थानीय स्तरमा देखिएका भ्रष्टाचार र बेथितीका बारेमा नबोल्नेहरुलाई त्यसै जनताले पत्याइदिनुपर्ने ? तसर्थ स्वतन्त्र र राप्रपाका स्थानीय कार्यकर्ताहरुले ठूला दलको जस्तो सोच पाल्नु
हुँदैन । नयाँ हौं भन्नेहरुले नयाँ विचार पन दिनसक्नुपर्छ ।