सम्पादकीय
बर्तमान सरकार एक आपसमा देखासिखी गर्दै प्रचारात्मक शैलीमा लागेका छन् । यहि शैली अनुसार काम हुने हो भने नेपाली जनताले केही भएपनि राहत पाउँछन् । नेपाली जनता सरकारी कामकाजको शैलीबाट वाक्क दिक्क भएका छन् । हरेक सरकारी निकायमा ढिलासुस्तीले जनता दिक्क भएका छन् तर सत्तामा बस्नेहरुलाई केही मतलव थिएन । रबी लामिछाने गृहमन्त्री भएपछि देखिएको परिवर्तनले जनतामा केही आशा पलाएको छ । आम नागरिकले रबी तीर नजर लगाएपछि अरु मन्त्रीलाई पनि दबाब परेको छ । त्यहि देखासिखीमा अन्य मन्त्रीले पनि कार्यालय निरिक्षण गर्ने देखि कठोर भएर उच्च कर्मचारीलाई निर्देशन दिन थालेका छन् । बिदेशबाट नेपालीले ल्याउने मोबाइल पाmेनका बारेमा प्रधानमन्त्रीले निर्देशन दिदा समेत अटेरी गरी भन्सार कर्मचारीले फोन राखेपछि पधानमन्त्रीले थप निर्देशन दिनुपरेको छ । यसरी जनताको सवालमा बर्तमान सरकारले काम गर्ने प्रयास गरेको छ । २०७९ साल मसिंरमा भएको प्रदेश र संघको निर्बाचनबाट आएको जनादेश डरलाग्दो छ । संघको होस् या ७ वटै प्रदेशको जनादेश मिलेर सत्ता चलाउ भन्ने छ तर यस्तो जनादेशबाट सरकार चलाउने क्षमता नेपाली राजनेतामा छैन ।सत्ता मिलेर चलाउनु भनेको मिलेर खानु हो भन्ने बुझेका छन् दलका नेताहरुले । जनता निरास छन् तर नेताहरु सत्ताका लागि मरिहत्ते गरिरहेका छन् । ठूला दलका नेताहरुले प्रजातन्त्र र गणतन्त्र ल्याउनमा लगानी गरेको कुरा भजाउने गरेका छन् तर सत्तामा पटक पटक गएर जनभावना अनुसार काम नगरेको कुरा याद गर्दैनन् । जनताको भावना अनुसार काम नगर्ने अनी सत्ताको खेलमा मात्र लागेकै कारण ठूला दल बद्नाम हुँदै गएका छन् तसर्थ जनता सचेत हुने हो भने सत्तामा बसेकाहरुलाई दबाब हुँदो रहेछ भन्ने प्रष्ट भएको छ । काम नगर्नेहरुलाई तह लगाउने हो भने काम नगरेर सुख छैन ।