सम्पदकीय
देशको अर्थतन्त्र डरलाग्दो छ । दुर्गा प्रसाईको भनाई आसिंक पत्याउने हो भने भए भरका पैसा मारवाडी समुदायका व्यापारीले कुम्लो पारेका छन् । उनीहरुले ठूलो रकम बिदेश लगिसकेका छन् । ठूला घराना बैङ्कले अर्बाै रुपैया लिएका छन् । यसरी लिएको रकम आम नागरिकको बचत हो । नेपालका बैङ्कको ५ प्रतिशतसम्म खराव कर्जा भएको बताइन्छ । करिब ५८ खर्ब रुपैया बचत संकलन भएको छ भने करिब ४८ खर्ब लगानी भएको बताइन्छ । यही हिसावमा हो भने अहिले अर्थतन्त्र सुस्त छ । साना उद्योगीले ऋण लिने चाहिरहेका छैनन् । चर्काे व्याजका कारण ऋण लिनेहरु कम छन् । चर्काे व्याजदरमा ऋण लिएर उभो लाग्ने अवस्था छैन । अर्काे तर्फ बैङ्कमा जमा भएको नगद लगानी नभएर राष्ट्र बैङ्कमा एक प्रतिशत भन्दा कम व्याजदरमा पैसा जमा गरेका छन् । नागरिकसंग १४ प्रतिशत असुल्ने बैङ्क राष्ट्र बैङ्कमा एक प्रतिशत भन्दा कममा पैसा जमा गर्न राजी भएका छन् । सबैभन्दा डरलाग्दो पक्ष कुनै पनि क्षेत्रमा निर्धक्क भएर लगानी गर्ने वातावरण छैन। सरकारमा बसेका नेताहरु उत्पादनको क्षेत्रमा सञ्चालन हुने उद्योगका बारेमा प्रष्ट छैनन् । कमिसन खाएर नीति बनाउने भएपछि लगानीकर्ताले बिश्वास गर्ने कुरै भएन । लगानी गर्ने वातावरण बनाउन राज्य गम्भिर हुन जरुरी छ । पछिल्लो समय संघियता भएपछि प्रदेश सरकारमा बसेका नेताहरु पनि उद्योगका बारेमा गम्भिर छैनन् । सत्तामा बस्ने र मोज गर्ने बाहेक प्रदेशका जनप्रतिनीधिले त्यस्तो कुनै नौलो काम गरेको पाइदैन। अघिल्लो कार्यकालमा सुदुरपश्चिम प्रदेश सरकारले बर्षेनी २९/३० अर्बको बजेट ल्यायो तर ५ बर्षमा एउटा पनि ५ करोडको संग्लो विकास निर्माण देखाउन भन्दा देखाउन सक्दैनन् । यस्तो गतिछाडाहरुबाट गणतन्त्र चलायमान कसरी हुन्छ ? तसर्थ नागरिक सचेत हुन जरुरी छ । नागरिक सचेत नहुने हो भने नेताहरुमा बढ्दै गएको अराजकता अझ झागिदै जाने निश्चित हो । यसमा आम नागरिकको ध्यान जान जरुरी छ ।