टीकापुर, १० चैत्र/नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले देश बलियो बनाउन अर्थतन्त्र बलियो बनाउनतिर सबै लाग्नुपर्ने बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासघ सुदुरपश्चिम प्रदेशको आठौँ प्रदेश सभालाई टीकापुरमा उद्घाटन गर्दै उपाध्यक्ष ढकालले गणतन्त्र, राजतन्त्र लगायतका कुनै तन्त्रले विकास नहुने भएकाले यतिखेर महासंघले अर्थतन्त्रमा लाग्न सबैलाई आब्हान गरिररहेको बताउनुभयो ।

‘‘अब सबै तन्त्र छोडेर अर्थतन्त्र तिर लागौँ भनिरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘अर्थतन्त्र बलियो भएमा सबै आधारहरु तयार हुन्छन् । लगानीका बाटाहरु खुल्छन् ।’’ ढकालले उद्योगमा लगानी बढाउन नेपालमा कानूनी सुधार, नितिगत सुधार आवश्यक रहेको बताउँदै लगानीको वातावरण र ब्यापारी को मनोबल बढेमा देश विकास गर्न कुनै तन्त्र नचाहिने बताउनु भयो ।
उहाँले लामो छलफल र प्रयास पछि पछिल्लो समय नितिगत र कानुनमा केही सुधार भएपनि ब्यापारीमा आत्मविश्वास नबढेकाले सरकार सम्वेदनशिल भएमा आर्थिक सुधारमा सहयोग पुग्ने बताउनुभयो ।

आफुहरुको कार्यकालमा कोरोनाको असर परेको, बजार सङ्कुचन भएको अवस्था सम्झदै उहाँले नेपाललाई कोरोना, रसिया युकेन असर, नेपालका नीतिगत गल्तिले व्यापारी आहात भएको अवस्था सिर्जना भएको बताउनु भयो ।
‘‘कोरोनापछि बैंकले पनि लगानी नहुँदा अनुपात्दक क्षेत्रमा लगानी गर्दा सबै तिर असर पर्यो’’, उहाँले भन्नुभयो, ‘‘बाह्य र आन्तरिक कारणले ब्यापारीमा असर पर्यो, सम्भावनाका क्षेत्र बारे साँसदसग छलफल गर्दा, लगानी सम्मेलनका बेला ब्यापारीको अहितमा रहेका ८ कानुन सशोधन भए,अझ धेरै कानुन सशोधन हुन बाँकी छन् ।’’
कार्यक्रम टीकापुर उद्योग वाणिज्य सघको आतिथ्यतामा भएको हो ।
प्रदेश अध्यक्ष शङ्कर बोगटको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर उद्योग वाणिज्य सघका अध्यक्ष चक्रपाणि सापकोटाले सबै मिलेर ब्यापारीहरुलाई कसरी माथि उकास्न भन्नेमा छलफल आवश्यक रहेको बताउनु भयो । उहाँले यस क्षेत्रका व्यापार छोडेर भाग्ने अवस्था आएकाले सबै मिलि ब्यापारी जोगाउनु पर्ने बताउनुभयो ।
पुर्व केन्द्रीय सदस्य हेमराज गिरिले ब्यापारीहरु ऋणमा डुबेर घरबार विहिन हुने अवस्थाबाट जोगाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत उपाध्यक्ष मदनराज पन्त, बार्षिक प्रतिवेदन कार्यकारी निर्देशक ज्योति भट्टले प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रममा कानुनी सल्लाहकार विरबहादुर जेठारा, लम्की उद्योग वाणिज्य सघका अध्यक्ष पदमराज चौलागाई, उद्योग वाणिज्य सघ टीकापुरका पुर्व अध्यक्ष नवराज रावल लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सुदूरका ९ जिल्लाका उद्योग वाणिज्य संघका नेतृत्व सहभागी थिए ।