नवजीवन र किसान सहकारीबाट सचेत हुन जरुरी

सम्पादकीय
नाम चलेका सहकारी ओरियन्टल सहकारी संस्थाले ४ अर्ब नागरिकको बचत अपचलन गरेको छ । सिभिल सहकारीले ६ अर्ब रुपैया अपचलन गरेको छ । शिखर बहुउदेश्यीय सहकारी र तुलसि सहकारी संस्था मार्फत करिब साढे १५ रुपैया नागरिकको पैसा अपचलन भएको छ । यसरी यी चार सहकारीले मात्र करिब साढे २६ अर्ब रुपैया अपचलन गरेका छन् । यस्ता अरु सहकारी पनि छन् । सरकार गैरजिम्मेवार भएकै कारण यसरी जनताको पैसा लुटियो । कैयन परिवार यतिखेर शोकमा डुबेका छन् । यसरी जनताको पैसा डुबाएकाहरुलाई त्यस क्षेत्रका जनताले सफल व्यक्तिको रुपमा मान्ने गरेका थिए । जनताको पैसामा तडकभडक गरेर काम गरे तर जनताको उठिबास लगाए । खाइ नखाई सहकारीमा रकम जम्मा गरेकाहरु यतिखेर अधिकांस बिरामी भएका छन् । यत्रो रकम नागरिकको डुबेको छ सरकार कानूनी कुरा गरेर जनताको पैसा कसरी तिर्न सकिन्छ भन्ने बारेमा मौन  छ । सहकारीबाट कर उठाउने राज्यले नागरिकको बचत सुरक्षा गर्न सक्दैन । कैलालीमा नवजीवन र किसान सहकारी संस्था बलिया छन् भन्ने नागरिकलाई परेको छ । यी संस्थाको भित्रि कुरा आम नागरिकले थाहा पाउँदैनन् । थाहा पाउने भए अन्य क्षेत्रका सहकारी डुब्दा त्यस क्षेत्रका शेयर सदस्यहरुले पनि थाहा पाउनुपर्ने थियो । पछिल्लो समय नवजीवन र किसान सहकारीका पदाधिकारीले पनि फजूल खर्च गर्ने गरेका छन् भने आफन्तलाई रोजगारी दिने सस्थाका रुपमा लिएका छन् । त्यति मात्र होइन पदाधिकारीले कमिसनका लागि बिभिन्न खाले महत्वकांक्षि योजना ल्याएका छन् । यसरी महत्वकांक्षि योजना ल्याउदा बृहत छलफल गर्नुभन्दा केही व्यक्ति कोठामा बसेर कमिसन आउने योजना बनाउने गरेका छन् । जग्गा खरिद देखि मार्ट पशल चलाउने अनी चिस्यान केन्द्र स्थापना देखि गोदाम घर निर्माण गर्ने जस्ता योजना बनाइएको छ । नागरिक को बचत कसरी सदुपयोग र सुरक्षित गर्ने भन्दा पनि पदाधिकारीलाई कसरी दुई पैसा आम्दानी हुन्छ भन्नेमा लागेको पाइन्छ । नवजीवन सहकारी संस्थाका पहिलेका पदाधिकारीहरुले बेङ्क खोल्ने भनेर पैसा उठाए तर बैङ्क सञ्चालन भएन बरु त्यो पैसा सहकारीको शेयर बनाइयो । यसरी ठग्नेहरुले जनतालाई गुमराहामा राख्न के मान्लान । तसर्थ जनता सचेत हुन जरुरी छ । यसरी सहकारीलाई पारदर्शी बनाउनु भन्दा पनि सहकारीको पदाधिकारी बन्न होडवाजी छ । नागरिक आफ्नो बचतका बारेमा सचेत हुन जरुरी छ ।