नव निर्बाचित पदाधिकारीहरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न

गणेश क्षेत्री
टीकापुर, १२ जेठ÷\टीकापुर नगरपालिका वडान ७ मा नवनिर्बाचित पदाधिकारी हरुको स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
नवनिर्बाचित वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने को सभापतित्वमा कार्यक्रम सप्पन्न भएको हो ।
कार्यक्रममा टीकापुर नगरपालिकाको जनता समाजबादी पार्टी बाट मेयरका उम्मेदवार रहेका धर्म घर्तिमगरले चुनाब को बेला पक्ष विपक्ष रहेपनी अब चुनाब सकियपछी सबै जनाले वडाको बिकास मा ध्यान दिनुपर्ने बताउदै चुनाब मा केही दल हरुले आर्थिक चलखेल समेत गरेको बताउनुभयो ।
वडा अध्यक्षका उम्मेदवार रहेका नेकपा एमालेका नरेश्वर धमालाले चुनाबमा प्रतिस्पर्धा त हुन्छ नै जित र हार पनि निश्चित भएकोले आफुले चुनाबमा जित्न नसकेपनी नव निर्बाचित पदाधिकारीहरुलाइ सधंै सहयोग गर्ने बताउनुभयो ।
नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रहेका हरिकुमार कार्कीले चुनाबी परिणाम लाई आफुले सहजरूपमा लिएको र नवनिर्बाचित पदाधिकारी हरुले वडाको बिकास निर्माण कसरी हुन्छ भनेर लाग्नुपर्ने बताउनुभयो  ।


निरन्जन ग्रामीण बिद्युत सहकारी सस्थाका अध्यक्ष नन्द सिंह बोहराले ७ नम्बर वडालाइ प्रकृतिले समेत धोका दियर पटक पटक बाढिले सताउनेगरेकोले तटबन्ध निर्माण को लागि ध्यान दिनुपर्ने बताउनुभयो । चुनाब सकियो अब बिकास निर्माणमा सबैले जनप्रतिनिधिलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
समाजसेवी मनिराम ढुङ्गानाले दलगत स्वार्थ भन्दा माथी उठेर कार्यगर्नुपर्ने सुझाब दिनुभयो ।
कर्णाली माबिका पुर्ब शिक्षक तथा नेता हेमराज भट्टराई ले जनमतको कदर गरेर जनप्रतिनिधि अघि बढ्नुपर्ने बताउनुभयो ।
नवनिर्बाचित वडा अध्यक्ष तथा कार्यक्रमका सभापती यज्ञ प्रसाद न्यौपानेले चुनाबको बेला पक्ष र विपक्ष भएपनी अब सबै मिलेर अघि बढेमा मात्रै वडाको बिकाश हुने बताउनुभयो । अध्यक्ष न्यौपानेले वडाको बिकाशको लागि आफू २४ सै घन्टा लागिपर्ने र वडा बासिको सधै सहयोगको अपेक्षा गरेको बताउनुभयो । शिक्षा ,स्वास्थ, खानेपानी भौतिक पुर्वाधारलाई आफुले प्राथमिकतामा राखेर अधि बढ्ने अध्यक्ष न्यौपाने ले बताउनु भयो ।
स्थानिय निर्बाचनमा वडा नं। ७ बाट अध्यक्षमा नेकपा माओबादी केन्द्रका तर्फबाट यज्ञ प्रसाद न्यौपाने र ४ सदस्यमा नागरीक उन्मुक्ति पाटिका उम्मेदवार बिजयी भएका थियो ।
कार्यक्रमको सन्चालन भिम बिक ले गरेका थिए ।