नव निर्माण बचत सहकारीको ११ औं साधारण सभा

टीकापुर, २३ मंसिर/नव निर्माण बचत तथा ऋण सहकारी संस्था टिकापुरको ११ औं साधारणसभा भएको छ । संस्थाका अध्यक्ष भगवती दास चौधरीको अध्यक्षता मा भएको कार्यक्रममा संस्थाले १४ लाख, ३० हजार, ५८६ रुपैयाँ नाफा कमाउन सफल भएको जानकारी दिइएको छ ।
३८६ जना शेयर सदस्य रहेको सहकारीले शेयर सदस्यलाई ३।४३ प्रतिशत लाभांश वितरण गरेको छ । २०६९ सालमा स्थापना भएको सहकारीको शेयर पुँजि १ करोड ३९ लाख ६३ हजार रहेको छ ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं। १ का वडाध्यक्ष मोहन लुहार विकले वडा नं। १ मा मात्र करिव १८ सहकारी रहेका, धेरै सहकारीमा बचतकर्ता र शेयर सदस्य एउटै ब्यक्ति भएकाले शेयर सदस्यता वितरण गर्दा ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले टीकापुरमा पनि नागरिक को लगानी डुबेको अवस्था आएकाले राम्रो काम गरिरहेका सहकारीले मर्ज पक्रियामा जान सके राम्रो हुने सुझाव दिनुभयो । नेपाल सांस्कृतिक परिषद नेपाल भारत बङ्गलादृशका सयोजक हर्क बहादुर स्वाँरले छाडा संस्कृतिले गर्दा देशमा समस्या भएको बताउनुभयो । उहाँले सहकारी चलाउँदै जादा कमी कमजोरी सुधार्न लाग्नुपर्ने मा समस्या मात्र औल्याउँदा समस्या भइरहेको बताउनुभयो ।


कार्यक्रममा समाजसेवी कमल राज जोशीले लामो समय सहकारीमा रहेर काम गर्दाको अनुभव सुनाउँदै सञ्चालक आफैले ऋण लिएमा संस्था धरासायी हुने बताउनुभयो ।
जनकल्याण वचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक छविलाल जैशीले हल्ला जस्तो सहकारीमा समस्या नभएको बताउनुभयो ।
कार्यक्रममा असल कर्मचारी र असल बचतकर्तालाई सम्मान गरिएको छ ।
कर्मचारी पवित्रा जोशी, शोभा रावल, भगवती रावल कँुवर, पार्वती कठायत, असल बचतकर्ता भरथरी चौधरी, असल ऋणि अशोक चौधरी र रामबहादुर शाही लाई सम्मान गरिएको छ ।
कार्यक्रममा कार्यकारी प्रमुख कमलेश जि।बोहराले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जानकीदेवी कठायतले आर्थिक प्रतिवेदन र लेखापाल रामप्रसाद चौधरीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
शेयर सदस्य जनक चौधरीले संस्थालाई शेयर सदस्यको हितमा काम गर्न सुझाव दिनुभयो । संस्थाका उपाध्यक्ष झनकराज ओझाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बाल बहादुर बोहराले गर्नुभएको थियो ।