नागरिकको भोगाई र नेताको भाषणमा भिन्नता

सम्पादकीय
हरेक सरकारले राम्रो काम गरेको दाबी गर्दै आए । गणतन्त्रमा चरम बेथिति जनताले भोगिरहेका छन् तर नेताहरु भाषणमा राम्रो भयो भन्न पछि पर्दैनन् । सत्तामा जाने आफ्नो स्वार्थ पूरा गर्ने प्रचलन सामान्य भइसक्यो । नागरिक लुटिइरहेका छन् तर नेताहरुलाई केही वास्ता छैन । नागरिकको दैनिकि कठिन अवस्थामा छ तर राजनीतिक दलका नेताहरु सब ठिकठाक छ भनेर भाषण गर्छन् । सब ठिकठाक भएको भए पूर्ब राजा सडकमा आउनुपर्ने थिएन । पूर्ब राजा सडकमा आएपछि राजनीतिक दलका नेताहरु अत्तालिएका छन् । प्रजातन्त्र मास्नु हुँदैन तर देश लुटेका नेताहरुको सम्पत्ती जफत गरेर जेल हाल्नुपर्छ । देश लुटेर आफ्नो भविष्य सुनिश्चित बनाएका नेताहरु यतिखेर पूर्ब राजाका बारेमा तथानाम बोलन थालेका छन् । भारतकै आडमा सत्तामा गएका रहेछन् र गणतन्त्र भारतकै आडमा आएको कुरा यतिखेर छर्लगं भएको छ तर नेताहरु पूर्ब राजालाई तथानाम बोेलेर आफु राम्रो बन्ने प्रयास गरिरहेका छन् । जनताले पूर्ब राजालाई बिश्वास नगरेर राजनीतिक दललाई बिश्वास गरेको कुरा बिर्सन हुँदैन । वर्तमान सरकारका प्रधानमन्त्री या मन्त्रीले राम्रो ग¥यौ भनेर बयान गर्ने गरेका छन् । नागरिकले स्वस्थ्य उपचार सहज रुपमा पाएको कुरा गर्छन् त्यही नेपालको पहिलो सुबिधा सम्पन्न सरकारी अस्पतालको हालत खराव छ । मन्त्रीले बोलेको कुरा र नागरिकले वेहोरेको कुरा फरक छ भन्छन् । नागरिकले सहज उपचार नपाएको प्रष्ट छ । स्वास्थ्य क्षेत्रमा बर्षाै देखि चिकित्सकको आयोग खुलेको छैन । केवल नागरिकलाई ठग्ने काम भएको छ । गणतन्त्रका नाममा जनता लुट्ने तर देशको बारेमा चिन्ता नगर्ने प्रबृत्तिकै कारण मुलुक दिनप्रतिदिन संकटमा पर्दै गएको छ । नागरिकलाई कानूनको डण्डा देखाउने अनी आफु राजा भएर शाषन गर्ने यो गणतन्त्रमा बिकृती घट्नुको साटो बढ्दै गएको छ । गणतन्त्र त आयो तर नागरिक उपचार नपाएर मर्नुपर्ने बाध्यता छ । उपचार गर्न राजधानी लैजान पनि त्यति सहज छैन । समयमै उपचार गर्न लैजानका लागि सडकको अवस्था पनि नाजुक छ । भएभरको सुबिधा राजधानी केन्द्रित गर्ने अनी सडक पनि गतिलो नबनाउने भएपछि नागरिकले सेवा लिन सक्ने कुरै भएन । तसर्थ नागरिक सचेत हुन जरुरी छ । नागरिकले दबाब सृजना गर्न जरुरी छ । नागरिकका आधारभूत आवश्यक्ताका बारेमा सत्तामा बसेका राजनीतिक दलहरु गम्भिर हुन जरुरी छ । केही दिन यता देशको राजनीति कता जान्छ भनेर आँकलन गर्न सकिने अवस्था     छैन । नागरिक सचेत भएर आफ्ना कर्तव्यमा लाग्नु पर्छ । कतिपय दल जनतामा भ्रम छर्न देश दौडाहामा लागेका छन् । जनताले राजनीतिक दललाई देशको हालत बारे खरो प्श्न गर्न जरुरी छ । आफु संकटमा परेपनि फेरी जनता जनता भन्न थालेका     छन् । जनताले नेताहरुले लुटेको धन कहाँ छ भनेर प्रश्न गर्न जरुरी छ । त्यति मात्र होइन देश आर्थिक रुपमा किन संकटमा प¥यो भनेर प्रश्न गर्नुपर्छ । भावना बगेर नेताहरुको कुरा सुुन्न हुँदैन ।