सम्पादकीय
नेपाली जनता सचेत नहुने हो भने देश श्रीलंका हुने निश्चित हो । नेताहरुले देशका बारेमा जति ठगेपनि आर्थिक अवस्था कमजोर हुँदै गएको छ । प्रदेश सरकारले काम गर्नुको सट्टा भ्रष्टाचार र व्यतिथी बढाउने काम मात्र गरेका छन् । प्रदेश सरकार गठन भएको ५ बर्ष पुग्न थालेको छ तर प्रदेश सरकारले कुनै भौतिक पूर्बाधार होस् या आर्थिक समृद्धिमा होस् कही पनि भूमिका खेल्न सकेको अवस्था छैन । यतिखेर पूर्ब मन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा देखाएको हर्कतले देशभर भ्रष्टाचार र व्यतिथीका बारेमा बहस हुन थालेको छ । अर्थ मन्त्रीको बारेमा छानबिन समितिले काम गर्दै छ तर परिणाम सून्य आउने अवस्था छ । अर्थमन्त्रालयको सिसिटिभी फुटेज छानबिन समितिले पाएन । यो भन्दा लाजमर्दाे कुरा अरु के होला ? जनतालाई ठग्ने काम मात्र भएको छ । जाबो सिसिटिभी फुटेज त दिदैन या सुरक्षित राख्दैनन् अनी कति लुट मचाउँदैछन् होला ? केही व्यक्तिलाई मोटाउन खोज्दा कर्म गरेर खाने व्यबसायीलाई मर्कामा पार्ने प्रयास भएको छ । कर घटाउनु र बढाउनु मन्त्रीको सुझबुझ मान्न सकिन्छ । कर घटाउने बढाउने कुराले देशको अर्थतन्त्रमा असर पर्छ । देश र जनताको पक्षमा अर्थमन्त्रीले काम गर्नुपर्ने हो तर निश्चित व्यक्तिलाई मोटाउन खेलेको भूमिका पुरै छताछुल्ल भएकोछ । नेपाली उद्योगलाई बचाउने नीति ल्याउनुको साटो कगांल बनाउने नीति ल्याएर कसैलाई अर्बपती बनाउने खेल छताछुल्ल भएको छ । गल्ति ढाकछोप गर्न सिसि क्यामाराको फुटेज नै नष्ट गर्नुप¥यो । जो जघन्य अपराध हो । चाहेको बेला मेटाउने भए किन चाहियो मन्त्रालयमा सिसि क्यामरा ? कति व्यतिथी जन्मेको रहेछ भन्ने यो घटनाले प्रष्ट हुन्छ । नागरिक जाग्न जरुरी छ । अब सडकमा नागरिक नआउने हो भने जनता ठगिने निश्चित हो । सिसिटिभी फुटेज पाइएन भने जनता सडमा उत्रन जरुरी छ । नेपाली जनता सचेत नहुने हो भने देश श्रीलंका हुने निश्चित हो । नेताहरुले देशका बारेमा जति ठगेपनि आर्थिक अवस्था कमजोर हुँदै गएको छ । प्रदेश सरकारले काम गर्नुको सट्टा भ्रष्टाचार र व्यतिथी बढाउने काम मात्र गरेका छन् । प्रदेश सरकार गठन भएको ५ बर्ष पुग्न थालेको छ तर प्रदेश सरकारले कुनै भौतिक पूर्बाधार होस् या आर्थिक समृद्धिमा होस् कही पनि भूमिका खेल्न सकेको अवस्था छैन । यतिखेर पूर्ब मन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा देखाएको हर्कतले देशभर भ्रष्टाचार र व्यतिथीका बारेमा बहस हुन थालेको छ । अर्थ मन्त्रीको बारेमा छानबिन समितिले काम गर्दै छ तर परिणाम सून्य आउने अवस्था छ । अर्थमन्त्रालयको सिसिटिभी फुटेज छानबिन समितिले पाएन । यो भन्दा लाजमर्दाे कुरा अरु के होला ? जनतालाई ठग्ने काम मात्र भएको छ । जाबो सिसिटिभी फुटेज त दिदैन या सुरक्षित राख्दैनन् अनी कति लुट मचाउँदैछन् होला ? केही व्यक्तिलाई मोटाउन खोज्दा कर्म गरेर खाने व्यबसायीलाई मर्कामा पार्ने प्रयास भएको छ । कर घटाउनु र बढाउनु मन्त्रीको सुझबुझ मान्न सकिन्छ । कर घटाउने बढाउने कुराले देशको अर्थतन्त्रमा असर पर्छ । देश र जनताको पक्षमा अर्थमन्त्रीले काम गर्नुपर्ने हो तर निश्चित व्यक्तिलाई मोटाउन खेलेको भूमिका पुरै छताछुल्ल भएकोछ । नेपाली उद्योगलाई बचाउने नीति ल्याउनुको साटो कगांल बनाउने नीति ल्याएर कसैलाई अर्बपती बनाउने खेल छताछुल्ल भएको छ । गल्ति ढाकछोप गर्न सिसि क्यामाराको फुटेज नै नष्ट गर्नुप¥यो । जो जघन्य अपराध हो । चाहेको बेला मेटाउने भए किन चाहियो मन्त्रालयमा सिसि क्यामरा ? कति व्यतिथी जन्मेको रहेछ भन्ने यो घटनाले प्रष्ट हुन्छ । नागरिक जाग्न जरुरी छ । अब सडकमा नागरिक नआउने हो भने जनता ठगिने निश्चित हो । सिसिटिभी फुटेज पाइएन भने जनता सडमा उत्रन जरुरी छ ।