सम्पादकीय
नेपालमा नागरिकले आफ्नो सोच परिवर्तन नगर्ने हो भने मुलुक थप संंकटमा पर्ने निश्चित छ । नागरिकले राम्रो नराम्रो नछुट्याउने अनी नेताहरुले ठग्ने काम मात्रै गर्नाले अबिश्वासको वातावरण छ । यस्तो अविश्वासको वातावरण भएपछि देश एक ढिक्का भएर अघि बढ्ने कुरै भएन । नेपालमा २०४६ सालको परिवर्तनपछि दिनप्रतिदिन राजनीतिमा अराजकता बढ्दै गएको छ । राजनीतिमा अराजकता बढ्दै गएपछि हरेक क्षेत्र तहस नहस भएको छ । हरेक क्षेत्र तहस नहस भएपछि हरेक पेशाकर्मीमा इमान्दारिता हराउँदै गएको छ । भोट र समर्थनका लागि राजनीतिक दलका नेताहरुले गलतलाई साथ दिएकै कारण भ्रष्ट र माफिया मौलाउँने वातावरण बन्यो । हरेक क्षेत्रमा पेशाकर्मीको संगठन बनाएर राज्य दोहनमा लागेका छन् । सिस्टम फेल भएको देशमा पत्रकार र अदालत गभिंर भएको भए अहिलेको अवस्था आउने थिएन । सिस्टम सुधार्न कहि न कहिबाट शुरुवात त गर्नै पर्छ । रबीको नागरिकता कै कारण देशमा व्यतिथी बढेको देख्नेहरु अहिले प्रधानमन्त्री प्रचण्डको बिरुद्ध परेको मुद्धामा फरक बिचार राख्न थालेका छन् । रबीलाई मुद्धा लाग्ने अनी प्रचण्डसंग देश डराउनु पर्ने वातावरण सृजना गर्नु कत्तिको उचित हुन्छ रु प्रजातन्त्रका लागि स्वतन्त्र पत्रकारिता र निस्पक्ष न्यायालय पहिलो शर्त हो तर अहिलेको अवस्था कस्तो छ सबैले बुझेको कुरा हो । पार्टीका नेताहरुसंग मिलेर लाभ लिनका लागि भ्रामक समाचार र प्रचारतन्त्रमा मात्र लागेको पाइन्छ । सत्तामा बसेका राजनीतिक दलको चाकडी सुबिधा खानका लागि गरिन्छ भने त्यस्तो पत्रकारिता जनताले कतिञ्जेल पत्याउछन् । तसर्थ सबैले आफुलाई सुधार्न जरुरी छ । सम्मान पाउन त्यहि खालको काम गर्न जरुरी छ । रबीका बिरुद्धमा बोल्नेहरुका बिरद्ध पुरै जनताले खबरदारी गरिरहेका छन् । यसबाट प्रष्ट हुन्छ जनता जाग्न थालेका छन् । अब झुटको खेति चल्दैन । नागरिकले आफ्नो सोचमा परिवर्तन गर्न जरुरी छ । तीनै तहमा रहेका सरकारको बारेमा गम्भिर हुन जरुरी छ ।