नाम मात्रको विकासमा प्राथमिकता

सम्पादकीय
नेपालमा अधिकार र विकासका कुरा हुन्छन् तर अधिकारका कुरा कागजमा पुरा गरिन्छ तर विकास अधुरो हुने गरेको छ । विकास गर्ने सवालमा राजनीतिक दलका नेताहरुलाई गभिंर भएर सोच्ने फुर्सद छैन । सत्तामा गएपछि कसरी कमाउन सकिन्छ भन्नेमा मात्र समय खेर फालेको पाइन्छ । अधिकारका कुरा गरेर नथाक्ने नेताहरु कागजमा लेख्न कञ्जुस्याई गर्दैनन् । दिर्घकालिन् असर के पर्छ भन्ने बारेमा ध्यान नदिएर अधिकारका सबै कुरा लागु गर्ने प्रयास गरेको पाइन्छ । नितान्त व्यक्तिवादी प्रबृत्ति नेतामा मौलाउँदै गएको छ । व्यक्तिवादी हुूदा आपसमा अबिश्वास बढ्न थालेको मात्र छैन द्वन्द बढ्न थालेको छ । हरेक राजनीतिक दलले बिहान देखि साँझसम्म विकास विकास भनेर फलाक्ने गरेका छन् । विकास मुख्य बिषय भएपनि आम नारिकको जीवन स्तरमा खासै परिवर्तन भएको पाईदैन । नागरिक का समस्या त्यसै छन् । नागरिकले विकास देख्न पाएका छैनन् । औषधि उपचार देखि रोजगारका समस्या त्यसै छन् तर राजनीतिक दलका नेताहरुले निर्बाचनमा विकासका एजेण्डालाई घोषणा पत्रमा लेख्न छुटाएका हुूदैनन् । घोषणा पत्र हेर्ने हो भने सबै विकास यसै पटक हुन्छ झै लाग्छ । यसरी जनता माझ ल्याएको घोषणा पत्रका बारेमा ५ बर्षसम्म केही वास्ता हुूदैन । विकासका नाममा द्वन्द बढ्न थालेको पाइन्छ । विकासको संगसंगै शान्ति र सद्भाव पनि चाहिन्छ । जिम्मेवारी पाएको व्यक्तिले पहल गर्नु स्वभाबिकै हो । पदका लागि हानथाप गर्ने अनी काम कसले गर्ने रु समाजमा सबैको अस्तित्व हुन्छ । अस्तित्व नाम्मेट पारेर विकास सम्भव छैन । तसर्थ विकासका सवालमा नागरिक सचेत हुन जरुरी छ । विकासका नाममा बजेट लुट्नेहरुलाई पाखा लगाउन जरुरी छ । मनपरी गरिने विकास निर्माणले नागरिकका समस्या समाधान गर्दैन । विकासका एजेण्डा तय गर्दा आधारभुत आवश्यत्ताm र समाज एक ढिक्का हुने गरी निर्माण गर्न जरुरी छ ।