नियम सबैलाई बराबर लागु हुनुपर्छ

सम्पादकीय
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहाकी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोकेपछि बालेनले सामाजिक सञ्जालमा आक्रोस प्रकट गरेका छन् । यसरी आक्रोस प्रकट गरेपछि यतिखेर नेपाली समाज दुई भागमा बिभाजन भएको छ । महानगरको गाडी दुरुपयोग हुन पाउनुपर्छ भनेर कोही नागरिकले भन्दैन । दुरुपयोग रोक्नु प्रहरीको कर्तव्य पनि हो । ट्राफिक प्रहरीले गाडी चेकजाँच गर्नु कर्तव्य हो तै पनि बिबाद भएपछि अधिकांस बालेनको पक्षमा उभिएका छन् । झट्ट हेर्दा महानगरको गाडी दुरुपयोग भएको छ । दुरुपयोग भएको छ भने बालेनको आक्रोस गलत हो भन्नुपर्ने हो नागरिकले । तर नागरिक बालेनको पक्षमा अभिएका छन् । यो एउटा सन्देश हो । बालेनको आक्रोस आम नागरिकले भोगेको आक्रोस हो । कानून सबैलाई बराबर भएको भए आज बालेनको पक्षमा कोही पनि उभिने थिएनन् । सत्ता र शक्तीमा भएका नेतालाई केही गर्न नसक्ने प्रहरीले बालेनको गाडी रोक्दा बालेनले आक्रोस पोखे । कानून सबैका लागि बराबर हो भनेर नेपालमा हरेक निकायले काम गरेको भए यो बिबाद उठ्ने थिएन । बालेन यतिखेर पपुलर छन् पो आक्रोस पोख्दा नागरिक बालेनको पक्षमा भए अरुको अवस्था भएको भए सबैले गलत हो भन्ने थिए । बालेनको लडाई सत्तामा बसेर कानून मिच्न पल्केकाहरुका लागि ठूलो सन्देश हो । सत्ता शक्तीको आडमा कसैले छुट पाउने ,कसैलाई कानुन देखाएर सताउने संस्कृतिले नागरिक दिक्क छन् । सरकारी निकायको व्यबहार देखि नागरिक दिक्क छन् भन्ने यो एउटा सन्देश पनि हो । तसर्थ सत्तामा बसेका राजनीतिक दलका नेताहरुले सोच्न जरुरी छ । आम नागरिकलाई मात्र कानून लाग्ने संस्कृति अन्त गर्न जरुरी छ ।