सम्पादकीय
नेपालमा राजनीति भनेको जालझेल हो भन्ने पारिएको छ । जसले सबै भन्दा बढी धुत्र्याई देखाउन सक्छ त्यसैले सफलता पाउन सक्छ भनेर बिश्लेषण गर्न थालिएको छ । नागरिकका सवालमा भन्दा पनि आफु र आफ्नो झुण्ड कसरी शत्ता र शक्तिमा रहन सक्छ भनेर राजनीति गर्ने गरिएको छ । माओवादी जनयुद्धले थिलोथिलो भएको मुलुक पछिल्लो समय विकास भन्दा पनि भ्रष्टाचार बढी हुने गरेको छ । भ्रष्टाचार रोक्न बनाएका संस्थालाई नेताहरुले आफ्नो खल्तीका संस्थामा परिणत गरेका छन् । संबैधानिक अंगलाई स्वतन्त्र पूर्वक काम गर्ने वातावरण छैन । एउटाले अर्कालाई निरकुंस देख्ने देखाउने राजनीतिले द्वन्द मात्र बढाएको छ । पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरकुंस देख्नेहरु अहिले चुपचाप छन् । ओली सत्ताबाट हटेपनि आम नागरिकले खासै राहत महशुस गरेका छैनन् । यसको मुख्य कारण नेकपा माओवादी हो । माओवादी कै कारण मुलुक अस्थिर भएको छ । सत्ताका लागि हिजो ओलीसंग आज कांग्रेससंग चप्केर माओवादीले राजनीति गरिरहेको भएपनि मुलुकले केही पाएको अवस्था छैन । केवल अस्थिरताको राजनीतिमा बाचेका प्रचण्डसंग देशका बारेमा केही एजेण्डा छैन । पछिल्लो समय कुनै पनि दलसंग ठोस एजेण्डा छैन । निर्बाचनका बेला विकासको लामो लिष्ट बनाएर जनतालाई ठग्ने काम मात्र भइरहेको छ । मसिंर ४ गते हुन गइरहेको प्रदेश र संघको निर्बाचनका लागि जनताले पत्याउने एजेण्डा दलसंग छैन। निर्बाचनमा जानका लागि यतिखेर एक अर्कालाई सत्तोसराप गर्ने काम भइरहेको छ । एक अर्कालाई आरोप प्रत्यारोप लगाउने काममा नेताहरु व्यस्त छन् । फलानोका कारणले काम भएन भन्दै जनतालाई ठग्नमा व्यस्त छन् । आज चरम व्यतिथी छ तर कोही पनि दलका नेताहरुले मुख खोल्दैनन् । सत्तामा बसुञ्जेल व्यतिथी र भ्रष्टाचारका बारेमा नबोल्ने अनी सत्ता भन्दा बाहिर भएपछि बिरोध गर्ने राजनीति संस्कारले मुलुक आर्थिक संकटमा पर्दै छ । रेमट्यिान्सको भरमा बाचेको अर्थतन्त्रलाई उकास्ने प्रष्ट नीति नै छैन । केवल सत्ता स्वार्थका लागि लागेका नेताहरुलाई मंसिरमा हुने निर्बाचनमा तह लगाउन जरुरी छ ।