नेकपा एकिकृत समाजवादीको सभा टीकापुरमा गणतन्त्रको विकल्प छैन : पूर्व प्रधानमन्त्री नेपाल

टीकापुर,२५ असोज/नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रको विकल्प नभएको बताउनु भएको
छ । पार्टीको समाजवादी जागरण अभियान अन्र्तगत बिहीबार कैलालीको टीकापुरमा भएको सभालाई सम्बोधन गर्दै जनताको ठूलो बलिदानीबाट गणतन्त्र प्राप्त भएको बताउँदै यसलाई मास्ने कसैलाई अधिकार नभएको बताउनु भएको छ ।


समाजवादी अभियानले देशलाई सचेत बनाउने काम गर्ने बताँदै उहाँले जुनसुकै दल वा सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । पार्टीका महासचिव घनश्या भूषालले हामी दुई ठूला देशको बिचमा भएकाले सही तरीकाले चल्न नसके हामी आफै बर्वाद भएर जाने बताउँदै त्यस विषयमा सचेत हुनु पर्ने बताउनुभयो ।
देशका अधिकांश यूवाहरु विदेश पलायन भैरहेकाले तिनीहरुलाई यतै रोक्न देशको कृषी क्षेत्रमा लगानी बढाउनु अनि मात्र देशको विकास हुने बताउनुभयो ।
हामीले इतिहासलाई गाली गरेर भविश्य उज्वल नहुने भन्दै उहाँले भविश्य उज्वलका लागि भविश्यकै कुरा गर्नु पर्ने बताउनु भयो । उहाँले देशको औद्योगिक क्षेत्रको विकासमा सरकारले ध्यान दिनु पर्ने सुझाव दिनुभयो । पार्टीका सचिव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले देशमा भैरहेको अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा यो मेचि महाकाली जागरण अभियान शुरु गरिएको बताउनु भयो ।
कैलाली जिल्ला अध्यक्ष विमल जोशीको अध्यक्षतामा भएको सभामा रामप्रसाद चौधरी, गणेश विकले सम्बोधन गर्नुभएको थियो । टीकापुर नगर अध्यक्ष रंगप्रसाद अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत सूर्यचन्द्र भट्टराईले गर्नु भएको थियो ।