नेताहरु गैरजिम्मेवार भए

सम्पादकीय
सुदुरपश्चिम सरकारले सांसद तथा पदाधिकारीले पाउने सुबिधा बढाउने योजना ल्याएको छ । सुदुरपश्चिम सरकारले ५ बर्षमा करिब एक अर्ब भन्दा बढी रकम भत्ता र सुबिधा खाएका छन् भने अहिले थप गाडीको व्यबस्था गर्ने प्रयास भइरहेको छ । एक अर्बको ठोस काम देखिदैन सुबिधा खानेबेला बेल यति बजेट खाएछन् । राजनीति देश र जनताको लागि भन्दा पनि नेताका लागि झै भयो । जनताबाट चुनिएपछि बिश्वासको वातावरण बनाउनुको साटो जनता र देश प्रति घात गर्ने काम भएको छ । सुदुरपश्चिम सरकारले ५ बर्षमा फजुल खर्च गर्ने बाहेक केही काम गरेन् । बामपन्थिको नेतृत्वमा सरकार छ तर आम नागरिरका समस्यामा बारेमा केही वदलाव भएन । नागरिकलाई सुदुरपश्चिमा सरकार छ कि छैन केही आभास भएन । सुदुरपश्चिम हरेक दृष्टिकोणले पछाडी परेको छ । यो पछाडी पर्नुको एउटै कारण हो राज्यको नजर नपुग्नु । नेताहरुले सुदुरपश्चिमका जनतालाई ठग्ने काम मात्र गरेको भन्दै घाूटी सुक्ने गरी भाषण गरे तर सत्तामा गएपछि जनतालाई ठग्ने काम मात्र गरेका छन् । सुदुरपश्चिमका जनताको भोट लिने शासन गर्ने तर विकास दिन नचाहने प्रबृत्तिले सुदुरपश्चिम ठगिदै आएको छ । सुदुरपश्चिमका जनताले के पाए ? सधै भोट हाल्नुपर्ने , सडक संघर्षमा जानुपर्ने तर जव विकासका कुरा आउछन् तब नेताहरुको मुख ताक्नुपर्ने । संस्कार हिन राजनीतिले गणतन्त्र प्रति नै बितृष्णा जागेको छ । जनतासंग प्रत्यक्ष सरोकार राख्ने बिषयमा सरकार गभिंर छैन। सुदुरपश्चिममा मेडिकल कलेज खुलेपछि यस क्षेत्रका जनताले कति राहत पाउछन् भन्ने बारेमा हेक्का नराख्नेहरुबाट देशको प्रगति आशा गर्न सकिदैन । गेटा मेडिकल कलेज सञ्चालन गर्न राज्यले अग्रसरता देखाउनुको साटो नागरिक दबाब कार्यक्रम गर्न बाध्य छन् । नागरिकले दबाब दिएर मात्र काम हुने हो भने यस्तो नेतृत्वबाट जनताले के आशा गर्ने ? सत्तामा बसेपछि जनताको सवालमा गभिंर हुन जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई ठग्ने काम बन्द गर्न गर्न जरुरी छ । जनतालाई ठग्न पल्केका नेताहरुलाई मसिंर ४ गते हुने निर्बाचनमा तह लगाउनुपर्छ । निर्बाचनका बेला तह नलगाउने हो भने देश र जनता लुट्ने काम बन्द गर्ने वाला छैनन् । जनता सचेत हुन जरुरी छ ।