सम्पादकीय
गणतन्त्रमा नेताहरु नै जथाभावी बोल्ने गरेका छन् । हरेक पार्टीका नेताहरुले जथाभावी बोल्दै जाँदा नागरिक मा बिश्वासको संकट बढ्दै छ । जनता र नेताहरु बीचको खाड्ल बढ्दै गएको छ । प्रचण्ड यतिखेर जनताको घरदैलो जाँदैछन् । सत्ता भन्दा बाहिर भएपछि क्रान्तिकारी भाषण गर्दै प्रचण्डको बोली जनतालाई लठ्याउने खालका छन् । यत्राबर्ष सत्तामा बसेर बद्नाम भएको माओवादी यतिखेर जनताको साथ खोज्दै गाउँ हिडेको छ । मञ्च पाएपछि जथाभावी बोलेर जनताको मन जित्ने राजनीति हुँदै जाँदा मुलुक संकटमा पुग्यो । मुलुक संकटमा पुग्दासम्म पनि नेताहरुले आफ्नो सोच परिवर्तन गरेको पाइदैन । सधै सत्ता चाहिने तर काम जनताका पक्षमा गर्दैनन् । देशको आर्थिक अवस्था कमजोर हुँदै गएको छ भने भ्रष्टाचार बढ्दै गएको छ । भ्रष्टाचारले मुलुक थिलो थिलो भएको छ तै पनि नेताहरु सुधारको बाटो रोज्नु भन्दा बोलेर जनता ठग्ने काममा व्यस्त छन् । राम्रो काम गरेको भए जनताले पूर्ब राजालाई सम्झने थिएनन् । पूर्ब राजालाई सम्झने वातावरण राजनीतिक दलले नै गरेका हुन् । पूर्ब राजपरिवारलाई बिभिन्न आरोप लगाउने नेताहरु सत्तामा छन् तर पूर्ब राजा भन्दा बद्नाम छन् । प्रमाण बिना जथाभावी बोल्दै जाने हो भने वाख्रा चोरेको आरोप जनताले किन नपत्याउने ? पूर्ब राजालाई जथाभावी भन्नेहरुले कुलमान घिसिङ्का बारेमा जथाभावी लेखे । सत्तामा बसेकाहरु जनभावना बिपरित हिँड्ने अनी जथाभावी बोलेर जनताले बिश्वास गरिदिनुपर्ने राजनीति अब चल्दैन । गणतन्त्रमा नागरिक ले दुख कष्ट मात्र होइन शान्ति सुरक्षाको समस्या भोग्नु परेको छ । तसर्थ जनता सचेत हुन जरुरी छ । नेताहरुको भाषणकै पछि लाग्नुभन्दा सत्य तथ्यको खोजीमा लाग्नु पर्छ । गणतन्त्रमा नेताहरुलाई जे बोलन पनि छुट हुने हो भने जनतालाई पनि बोल्ने छुट दिनुप¥यो । नागरिकका सवालमा बहस छलफल हुन छाडेको छ । नागरिकको दैनिकीलाई कसरी व्यबस्थापन गर्ने भनेर सोच पालेको पाइदैन ।