नेता रामरसिलेको निधन

टीकापुर, १४ चैत/नेपाली कांग्रेसका नेता रामरसिले चौधरी को आइतवार निधन भएको छ । मधुमेह रोगबाट पीडित ५६ बर्षे चौधरीको पछिल्लो पटक मृर्गौला रोगबाट समेत ग्रस्त हुनुहुन्थ्यो । स्वर्गिय चौधरीको सोमवार पथरैया नदीमा दाहासंस्कार गरिए को छ । भजनी नगरपालिका स्थायी बासिन्दा स्वर्गिय चौधरीको पार्थीव सरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी,पूर्ब महा समिति सदस्य बीरबहादुर हमाल, नेपाली कांग्रेसका जिल्ला सचिब केशव मिश्रले नेपाली कांग्रेसको झण्डा ओढाउर श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।


दाहासंस्कारमा नेपाली कांग्रेस नेता तथा कार्यकर्ता र सयौं स्थानीय सहभागि       थिए । स्वर्गिय चौधरीको श्रीमती,३ छोरा र एक छोरी हुनु हुन्छ । चौधरी आदिबासी बिभाग का सदस्य र व्याकवार्ड सोसाइटी ९बेस० कैलालीको अध्यक्ष समेत रहनुभएको थियो ।
चौधरीको निधनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य इश्वरी न्यौपानेले समवेदना प्रकट गर्नु भएको छ । ‘‘ पार्टीको कर्मठ कार्यक्रर्ता र एउटा सामाजिक व्यक्ति पार्टीले गुमाएको छ ,’’ न्यौपानेले भन्नुभयो,‘‘नेपाली कांग्रेसका कतिपय जनजाती नेतामा बिचलन आएपनि स्वर्गिय चौधरी अटल रहनुभएको थियो । ’’