टीकापुर, ६ मंसिर\नेपाली काङ्ग्रेसका नेता निर्मला कडायत लाइ पितृशोक परेको छ । कडायतका बुवा विरबहादर चलाउनेको ७८ वर्षको उमेरमा टीकापुर १ ब्लक न ३३ स्थित निवासमा निधन भएको हो ।

चलाउने मृगौला सम्बन्धि समस्याबाट पिडित हुनुहुन्थ्यो । नेपाल प्रहरीका पुर्व असइ, पुर्व प्रहरी सगठनमा सकिय,नेपाली काङ्ग्रेसका कियाशिल सदस्य समेत रहनुभएका चलाउनेको निधनले पार्टीलाई ठुलो क्षति भएको जानकी गाउँशाखा सभापति गणेश रेग्मीले जानकारी दिनुभयो ।
चलाउनेका श्रीमती, ३ छोरा र १ छोरी छन । उहाँको आज विहान १० बजे सनकट्टि घाटमा अन्तिम सस्कार गरिने परिवारजन ले जानकारी दिएका छन् ।