नेपाली कांग्रेसका नेता स्वर्गिय रणबहादुर साउंदलाई श्रद्धाञ्जली

टीकापुर, २७ भाद्र/नेपाली कांग्रेसका नेता स्वर्गिय रणबहादुर साउँदलाई पार्टीले कार्यक्रम गरी श्रद्धाञ्जली प्रकट गरेको छ । बुधवार साउँदकै निवास टीकापुर ८ बटनपुरमा कार्यक्रम गरी पार्टीले श्रद्धाञ्जली प्रकट गरेको हो ।
उक्त कार्यक्रममा स्वर्गिय साउँदले समाज र पार्टीमा पु¥याएको योगदान बारेमा चर्चा गरिएको थियो । समाजले इमान्दार व्यक्ति गुमाएको र पार्टीलाई ठूलो क्षती भएको बक्ताहरुको भनाइ थियो । स्थानीय स्तरमा साउँदले सबैसँग सहयोगीको भावना राखेर काम गर्नुभएको उहाँहरुको भनाइ थियो । पछिल्लो समय पार्टीमा लोभीपापी र भ्रष्टहरुको हालीमुहाली बढ्दै गएको गुनासो गर्नुभयो । उहाँहरुले पार्टीमा निष्ठा कमजोर हुँदै जाँदा आपसमा द्वन्द्व मात्र बढिरहेको छैन पार्टी कमजोर भएको आँैल्याउनुभयो । वडा सभापति टिकाराम चौधरीको सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि पूर्व महासमिति सदस्य फकिरसिँह कडायत रहनुभएको थियो ।


कार्यक्रममा स्वर्गिय साउँदको जीवनीबारे नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य जंगबहादुर साउँदले जानकारी गराउनुभएको थियो भने सञ्चालन सदस्य अजय चौधरीले गर्नुभएको थियो ।
स्वर्गिय साउँद शिक्षक पेशामा आबद्ध हुनुहुन्थ्यो, पछि सामाजिक काममा आवद्ध भएपछि त्रिभुवन माध्यमिक विद्यालय बटनपुरको व्यबस्थापन समितिको अध्यक्षको भूमिका निभाउनुभएको थियो । स्वर्गिय साउँदका दुई श्रीमती, ४ छोरी र ५ छोरा हुनुहुन्छ ।
नेपाली काँग्रेसका जिल्ला सदस्य शेरबहादुर साउँदले समाजले इमानदार मानिस गुमाएको बताउँदै पार्टीले उहाँको परिवारबाट प्रजातन्त्र रक्षाका लागि अहम भुमिका खेल्ने अपेक्षा लिएको बताउनुभयो ।